बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डो भित्रिएलगत्तै किन ठप्प भयो युभेन्टस क्लबको वेबसाइट ?

बिहीबार, २८ असार २०७५, १२ : ३६
बिहीबार, २८ असार २०७५

रियल मेड्रिडबाट इटालीको क्लब युभेन्टसमा भित्रिएका सुपरस्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको नयाँ जर्सीबारे मानिसहरुमा भारी उत्साह छ । युभेन्टसले बुधबार रोनाल्डोको जर्सी नम्बर–७ आफ्नो अनलाइन सपिङ साइटमा राखेको केही बेरपछि नै साइट क्र्यास भएको छ ।

३३ वर्षका यी स्ट्राइकरले नौ वर्ष रियल म्याड्रिडमा बिताएपछि युभेन्टसमा पनि नम्बर सातलाई आफूसँगै राखे । उनलाई युभेन्टसले ८.८ करोड पाउन्डमा पाँच वर्षका लागि सम्झौता गरेको बताइन्छ ।

युभेन्टसको साइट ठप्प भएपनि प्रशंसकले टुरिनस्थित क्लबको आधिकारिक स्टोरबाट रोनाल्डाको जर्सी खरिद गर्न सक्नेछन् । पोर्तुगाली स्ट्राइकरले सन् २०१७ को च्याम्पियन्स लिगको फाइनलमा मेड्रिडको तर्फबाट युभेन्टसविरुद्ध दुई गोल गरेका थिए र म्याड्रिडले यो खेल ४–१ ले जितेको थियो ।

रोनाल्डो युभेन्टस जाने रियलद्वारा पुष्टि

रोनाल्डो सन् २००९ मा म्यान्चेस्टर युनाइटेडबाट रियल म्याड्रिड आएका थिए । रियल म्याड्रिडले त्यतिबेला विश्व रेकर्ड ८० मिलियन पाउन्डमा रोनाल्डोलाई आफूसँग अनुबन्ध गरेको थियो । रियल म्याड्रिडले भनेको छ, ‘रोनाल्डो हाम्रो लागि सधैं एक दिग्गज रहनेछन् र अबको पिढिका लागि आदर्श हुनेछन् । रियल म्याड्रिड सधैं उनको घर रहनेछ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप