विवाहपछि श्रीमानले दुईपटक गराए ‘कुमारित्व’ परिक्षण, १८ वर्षीयाले गरिन् आत्महत्या
डेली मेल
ताजकिस्तानका एक पुरुषले श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको भनी पक्राउ गरिएको छ । उनले श्रीमतीलाई कुमारित्व परिक्षण गर्न लगाएको र जुन नतिजा निस्कियो त्यसलाई विश्वास नगरी दोस्रो विवाहको माग गरेको भनी आरोप लागेको छ ।
१८ वर्षीया रजाब्बी कुर्सेदले विवाह गरेको ४० दिनपछि भिनेगरको घातक डोजको सेवन गरी आत्महत्या गरेकी छिन् । उनको २४ वर्षे जाफर पिरोभसँग मागी विवाह भएको थियो ।
ताजकिस्तानमा विवाह हुनुपूर्व सरकारले नै कुमारित्वको परिक्षण गराउँछ । उनले सो परिक्षण पास गरिसकेपछि पनि उनका श्रीमानले अन्य दुई परिक्षण गराए । दुबैमा उनी पास भइन् तर उनका श्रीमानले त्यसलाई विश्वास गरेनन् र उनलाई अस्विकार गरे ।
रेडियो फ्रि युरोपसँगको कुराकानीमा कुर्सेदका परिवारले मृत्युशय्यामा हुँदा श्रीमानको दोस्रो श्रीमती स्विकार गर्नुपर्ने चर्को दबाबलाई सहन नसकेर आफू आत्महत्या गर्न बाध्य भएको छोरीले बताएको भनी जानकारी दिए ।
यसको खण्डन गर्दै पिरोभले भने, ‘मेरी श्रीमतीले मलाई दोस्रो विवाह गर्न लिखित अनुमती दिएकी छिन् किनभने उनले मलाई हाम्रो विवाह हुँदा उनी कुमारी नभएको बताएकी थिइन् ।’
कुर्सेदकी आमा छोरीले आत्महत्या गरेपछि विक्षिप्त छिन् । उनले छोरीको बेइज्जत भएको र घरेलु हिंसा भएकाले देशका राष्ट्रपति इमोमाली रहमोनसँग सहयोगको अपिल गरेकी छिन् ।
चोरबोगको कुर्सेद परिवारले रजाब्बीको कोही प्रेमी नभएको र उनले विवाह अघि यौनसम्बन्ध स्थापित नगरेको ठोकुवा गरे ।
रजब्बाले दुई अपाङ्ग भाइहरुलाई स्याहार्नका लागि स्कूलसमेत छोडेको उनकी आमाले बताइन् ।
रजाब्बीलाई आत्महत्याका लागि दबाब दिएकोमा पिरोभ दोषी भेटिए उनलाई आठ वर्षको जेल सजायँ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण