उद्दारको दोस्रो दिनमा थाई गुफाबाट पाचौँ बालक निकालिए
सोमबार, २५ असार २०७५, १८ : १८
रोयटर्स । दुई हप्ताभन्दा बढी समयदेखि बाढी पसेको एक गुफा सञ्जालमा फसेका १२ बालक र एक फुटबल कोचमध्ये थप एक बालकलाई उद्धारकर्मीहरुले बाहिर ल्याएका छन् ।
दोस्रो दिनको उद्दार कार्य सुचारु भएको केही घण्टापछि नेभी अधिकारीहरुले यो जानकारी दिएका हुन् ।
‘हो, एक जना निस्किसकेका हुन्,’ एक नेभी अधिकारीले रोयर्टसलाई बताए । तर उनले थप विवरण दिन भने अस्वीकार गरे ।
थाम लुआङ्ग गुफा नजिक रहेको एक रोयटर्सका प्रत्यदर्शीले गुफाको मुखमा चिकित्सक कर्मचारीहरुले हरियो कपडामा रहेको एक मानिसलाई ट्रेचरमा बोकेर एम्बुलेन्सतर्फ लगेको देखेका थिए ।
आइतबार बाहिर ल्याइएका चार बालकहरुको स्वास्थ अवस्था राम्रो भएको बताइएको भए पनि उद्दार गरिएका पाँचौ बालकको स्वास्थ्य स्थितिको बारेमा भने थप जानकारी प्राप्त भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा
-
अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु
-
सांग्रिला क्विजमा सञ्जुकुमारी र सुकीर्ति पहिलो
-
एससीटी–युपिआई कार्ड प्रयोगकर्तालाई शुक्र हाउस अफ डाईग्नोस्टिक्स् सेन्टरमा छुट
-
श्रमिकलाई आत्मनिर्भर बनाउन सामाजिक सुरक्षा कोषको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री लामा
-
तरुण दलको महाधिवेशन निर्धारित समयमै हुन्छ : अध्यक्ष गुरुङ