शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

वर्षा लागेसँगै ग्रामीण सडकको बिजोगः मण्डन देउपुरका स्थानीयलाई समस्या

सोमबार, २५ असार २०७५, १७ : ३७
सोमबार, २५ असार २०७५

नगरकोट– वर्षा लागेसँगै ग्रामीण सडकहरुको हिलाम्मे भएपछि मण्डन देउपुर नगरपालिकाका स्थानीयलाई समस्या भएको छ । वर्षेनी दुईचार लाख बजेट आउने तर सडकको अवस्थामा भने केही परिर्वतन नभएपछि सवारी सधान सञ्चालन गर्न नसक्ने अवस्था रहेको स्थानीयहरुको गुनासो रहेको छ । नगरपालिकाका वडाहरु १ देखि १२ सम्मको मुख्य र शाखा सडकमा अहिले पानी परेसंगै गाडी चल्न नसक्ने अवस्था रहेको हो ।

काभ्रे जिल्लाको मण्डन देउपुर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ लगायतका सबै वडाका सडकहरु वर्षाको समयमा धेरै समस्या भएपनि खासै समाधान हुन सकिरहेको छैन् ।  विगतमा पनि विभिन्न निकायबाट आएका बजेटले धेरै सडकमा ग्राभेल गर्ने नाली बनाउने काम भएपनि पानी परेसंगै हिलाम्मे हुने गरेका छन् । 

अर्कोतर्फ मुख्य सडक हुँदै निर्माण गरिने शाखा सडक मनलाग्दो गरि खनिदा समस्या झन् धेरै हुने गरेको प्राविधिकको भनाई छ ।  ठाउँ–ठाउँमा पहिरो जाने, पानी जम्नेक्रममा सुधार आउन सकेको छैन् ।  यसरी सडकमा समस्या हुँदा स्थानीयस्तरमा उत्पादन भएका तरकारी, दुःध जस्ता दैनिक बजार पु¥याउनु सामाग्री बाटैमा बिग्रने गरेको ढाडागाउँका विक्रम तामाङ्गको भनाई छ । 

नगरलाई छोएर अन्यत्र जाने र नगरभित्रकै एकदेखि अर्को वडा पुगिने सडकको अवस्थामा सुधार नहुँदा एम्बुलेन्स सञ्चालनमा समेत समस्या हुने गरेको गिधर्रेका श्यामप्रसाद ढकालले बताए ।  कात्तिके– चुरिथुम्का– सिपाघाट सडक, नगरकोट– बालुवापाटी– कुन्तावेशी सडक, कुन्तावेशी–ज्याम्दी– दोलालघाट सडक र जिरोकिलो– सिपाघाट हुदै सिन्धुपाल्चोक जिल्लाको मेलम्चि पुगिने सडक नगरपालिकाको मुख्य सडक हुन् । अन्य दर्जनौं शाखा सडक त वर्षायामभरि नै बन्द हुने गरेका छन् । 

नगरकोटबाट नयाँगाउँ हुँदै कुन्ताबेशी जाने सडकमा त झन् निमार्ण व्यवसायीनै बेपत्ता भएपछि स्तर उन्नतीको काम नै रोकिएको मण्डन देउपुर नगरपालिका नगरप्रमुख टोकबहादुर वाइवाले बताए ।  उनले भने ‘एसियाली विकास बैंकको भूकम्पपछि पूनःनिर्माण परियोजना अन्तर्गत सुरु भएको यो सडक २०७५ असोजसम्म निर्माण सक्नु पर्ने हो, तर आधाआधी पनि काम भएको छैन् ।’ लाखौं रकम खर्च गरेर स्तरीय सडक बनाउन समबन्धित निकायले पहल नगर्दा सर्वसाधरणले सबै दुःख भोग्न बाध्य भएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप