बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षात्मा कोठाभित्रै लुगा सुकाउने तरिका

शनिबार, ३१ असार २०७४, १० : ०९
शनिबार, ३१ असार २०७४

वर्षात्को मौसममा धोएको लुगा घरभित्र नै सुकाउनुपर्ने सबैको बाध्यता हुन्छ । यो समयमा बाहिर घाम देख्न नपाउनुका साथै पानी पनि परिरहेको हुन्छ । जसले गर्दा धोएका लुगा केही दिनसम्म नै भिजेको भिज्यै हुन सक्छ । तर, यसरी भिजेको लुगालाई कोठाभित्र सुकाउनु मानव स्वास्थ्यका लागि राम्रो मानिदैन । मनसुनमा चिसो लुगालाई कोठामा नै केही असर नहुने गरी सुकाउन सकिने केही सरल तरिका यस्ता छन् :

धोएका लुगालाई कोठामा सुकाउनुअगाडि बाथरुममा मज्जाले निचोर्नुपर्छ । जसले गर्दा लुगामा रहेको सबै पानी बाहिर निस्कन्छ । त्यसपछि लुगालाई ह्यांगरमा राखेर झुन्ड्याउन सकिन्छ । तर, कोठाको झ्याल भने खुलै रहोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । जसले गर्दा बाहिरको ताजा हावा कोठामा सहजै प्रवेश गर्न पाउँछ । लुगा धुनका लागि वासिङमेसिन प्रयोग गरिएको छ भने सुकाउँदा दुईपटक ड्रायर गर्नुपर्छ । यसो गर्दा लुगा खुम्चिने समस्या
पनि आउँदैन ।

मनसुनमा भिजेको लुगाबाट कहिलेकाहीँ गन्ध पनि आउन सक्छ । यस्तो गन्ध आउन नदिन कोठाको एउटा कुनामा धुप बाल्न पनि सकिन्छ । तर, लुगाभन्दा केही टाढा राखेर धुप बाल्न पनि सजग हुनुपर्छ । धुपको धुवाँले लुगा चाँडै सुक्न मद्दत गर्छ भने सुगन्ध पनि मिठो आउँछ । लुगा धुनुभन्दा पहिला पानीमा दुई ठूलो चम्चा सिरका मिसाउन सकिन्छ । यसले लुगाको नरमपन कायम राख्नुका साथै गन्ध पनि आउन दिँदैन ।

भिजेको लुगा कोठामा सुकाउँदै गर्दा कोठामा चिसोपन आउन नदिन नुनको प्रयोग गर्न सकिन्छ । एउटा थैलोमा नुन भरेर कुनै एक कुनामा राख्नुपर्छ । नुनले चिसो वातावरणलाई आफूतिर तान्छ र ढुसी पनि आउन दिँदैन ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप