बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाँडेको हाइकु बाढी

शनिबार, ३१ असार २०७४, १० : ०५
शनिबार, ३१ असार २०७४

काठमाडौँ  - साहित्यकार रामकुमार पाँडेद्वारा अंगे्रजी भाषामा लेखिएको ‘फ्लोडेड गर्ज’ बाढीयुक्त खोंच नामक हाइकु कृति शुक्रबार विमोचन गरिएको छ । 

साहित्यकार मञ्जु काँचुली र तोया गुरुङले हाइकुको विमोचन गर्दै आफूहरु पनि हाइकुमा आकर्षित भएको बताए ।

नेपालका प्रकृति र संस्कृतिका बारेमा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान गराउनका लागि अंग्रेजी भाषामा हाइकु लेखिएको लेखक पाँडेले जानकारी गराए । 

सो अवसरमा रमेश खनाल, बमबहादुर जिताली, श्रीहरि फुयाँल, प्रमोद प्रधान, सुषमा मानन्धर, मित्रबन्धु पौडेललगायतले आआफ्ना हाइकु वाचन गरेका थिए । 

प्याराडाइज पब्लिकेशनद्वारा प्रकाशित कृतिमा नेपालमा हाइकुको इतिहाससहित पाँडेका पाँच सय ७१ मौलिक हाइकु तथा शंकर लामिछाने, क्षेत्रप्रताप अधिकरी, माधवलाल कर्माचार्य, शशि भण्डारी, विष्णुबहादुर सिंह, अञ्जना पौडेललगायत ५० हाइजिनले लेखेका हाइकुको अंग्रेजीमा अनुवाद पनि प्रस्तुत गरिएको छ ।

त्यस्तै विश्वका करिब ५० नमुना हाइकु र विदेशमा रहेका नेपाली हाइजिनका हाइकुलाई पनि अनुवाद गरी उक्त कृतिमा राखिएको बताइएको छ । 

यसअघि उहाँको रेड क्विन राती रानी शीर्षक हाइकु प्रकाशन भएको थियो । जापानी शैलीको छोटो कविता हाइकुमा तीन हरफमा सत्र अक्षर ९५–७–५० हुन्छन् जसमा प्रकृति, संस्कृति र मौसमका विम्ब रहन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप