शेयर बजार ३६ अंकले बढ्यो, लगानीकर्तामा उत्साह
बिहीबार, २१ असार २०७५, १५ : ५३
काठमाडौं । बिहीबार शेयर बजारमा हरियाली छाएको छ । लगातार ओरालो लागेको शेयर बजारमा बिहीबार ३६ अंकको बृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्जको कारोवार मापक सूचक ३६ अंकले बढेर १२२४ अंकमा पुगेको हो । लगातार तेस्रो दिन सूचकमा बृद्धि भई बजार १२२६.१८ अंकमा पुगेको छ । राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत ऋणको सीमा बढाउने तयारी गरेको बेला बजार बढेको हो । बजार बढेसँगै लगानीकर्तामा उत्साह भरिएको छ ।
सूचक बढेसँगै कारोबार रकममा समेत उलेख्य बृद्धि भएको छ । १६८ कम्पनीका ४६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । अघिल्लो दिन बुधवार १६९ कम्पनीका २५ करोड रुपैयाँ वरावरको मात्र शेयर खरिद विक्रि भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने