नेपालमा बाढी–पहिरोबारे मोदी : भारत आवश्यक सबै सहयोगका लागि तयार छ
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा बाढी र पहिरोबाट भएको क्षतिको बारेमा दुःख व्यक्त गरेका छन्।
- उनले भारत नेपाललाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताएका छन्।
- नेपालमा शुक्रबारदेखिको वर्षाका कारण जनधनको क्षति भएको छ।
काठमाडौँ । नेपालमा शुक्रबारदेखिको वर्षासँगैको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् । उनले आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन भारत तत्पर रहेको बताएका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत लेखेका छन्, ‘नेपालमा भारी वर्षाका कारण भएको जनहानि र क्षति अत्यन्त दुःखद छ। यस कठिन समयमा हामी नेपालका जनता र सरकारसँग ऐक्यबद्ध छौँ। मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिकारकका रूपमा भारत आवश्यक सहयोग उपलब्ध गराउन प्रतिबद्ध छ।’
विभिन्न पहाडी तथा तराई क्षेत्रमा वर्षा, बाढी र पहिरोका कारण जनधनको क्षति भएको छ। उद्धार र राहतका कार्य जारी रहेका बेला छिमेकी मुलुक भारतको तर्फबाट मोदीको यस्तो भनाइ आएको हो ।
The loss of lives and damage caused by heavy rains in Nepal is distressing. We stand with the people and Government of Nepal in this difficult time. As a friendly neighbour and first responder, India remains committed to providing any assistance that may be required.
— Narendra Modi (@narendramodi) October 5, 2025
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फा पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न अन्तरिम आदेश
-
कोरियाको ई–७ भिसा प्रक्रिया सुरु, म्यानपावरमार्फत दक्ष कामदार जान पाउने
-
प्रहरीका २३० सईको पदस्थापन, को कहाँ ? (सूचीसहित)
-
कुन विश्वविद्यालयमा को भए उपकुलपति ?
-
हाइब्रिड गाडीको नाममा राजस्व छली
-
को हुन् त्रिविकाे उपकुलपतिमा नियुक्त भएका प्रा.डा. भोला थापा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण