एकसाथ रविनले ल्याए पुस्तक र एल्बम
काठमाडौं – गायक तथा संगीतकार नेत्रबहादुर खत्री ‘रविन’ले एकसाथ दुई कृति लिएर आएका छन् । अमेरिकामा बस्दै आएका खत्रीको ‘लभ डिजायर’ गीति एल्बम र ‘मोडलिङ द इकोच हुमन फिगर इन क्ले’ नामक पुस्तकको राजधानीमा आइतबार एक समारोहबीच सार्वजनिक गरिएको छ । दुवै कृतिको बरिष्ठ गायक प्रेमध्वज प्रधान, संगीतकार राजु सिंह, कलाकार उत्तम केसीलगायतले संयुक्त रुपमा विमोचन गरे ।
एल्बम सार्वजिनक पछि गायक प्रेमध्वजले विदेशमा बसेर पनि नेपाली गीतसंगीतलाई माया गर्दै एल्बम निकालेका गायक खत्रीको प्रशंसा गरेका थिए । उनले भने, ‘वर्तमान अवस्थामा एल्बम निकाल्ने अवस्था छैन । तर, यस्तो एल्बमको नाजुक अवस्थामा पनि गायक खत्रीले एल्बम ल्याएर नेपाली संगीत क्षेत्रमा इँटा थप्ने काम गरेका छन् ।’ त्यस्तै, संगीतकार राजु सिंहले संगीतकार तथा पुस्तकका लेखक समेत रहेका खत्रीको गायनकलाको खुलेर प्रशंसा गरेका थिए ।
सार्वजनिक एल्बममा गायक खत्रीकै संगीत र शब्दरचना रहेको छ । एल्बम ‘लभ डिजायर’मा जम्मा ५ वटा गीत रहेका छन् । जसमा एक्लै छु, आज मेरो, धेरै दिन, आकाशमा र तिम्रै मायामा बोलका गीत रहेका छन् ।
एल्बम तथा पुस्तक सार्वजनिक भएपछि गायक तथा संगीतकार खत्रीले भने, ‘सानैदेखि गीतसंगीतप्रति मेरो लगाव थियो । राति सुत्दा पनि म मा संगीतको तरंग पैदा हुन्थ्यो । त्यो रहर अहिले आएर पूरा गरेको छु ।’ उनले आफ्नो प्रयासलाई दर्शक तथा श्रोता माया र हौसला प्रदान गर्ने आशावादी रहेको बताए । उक्त एल्बम युथ क्रियशनको बजार व्यवस्थापनमा श्रोतामाझ आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै