शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

३ किलो सुनसहित काठमाडौंको नागढुंगाबाट दुईजना पक्राउ

शनिबार, १६ असार २०७५, १३ : २५
शनिबार, १६ असार २०७५

काठमाडौं– राजधानीको नागढुंगा चेकप्वाइन्टबाट ३ किलो सुनसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारतीय नागरीक दिपक कुमार मोर्रे र मनोज विक रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

शनिवार बिहान साढे ११ बजे भारतीयत नम्बर प्लेट अंकित मारुती कारको एयर फिल्टरमा लुकाएर ल्याएको अवस्थामा ३ किलो सुन बरामद गरिएको बताइएको छ । 

युके ०२४६८४ नम्बरको उक्त मारुती कार भारतको चम्परा स्थायी घर भएका १९ वर्षीय दिपक मोर्रेले चलाएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको बताईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप