कविता–बर्गीय फुल
सम्झन लायक थियो त्यो रात
विर्सन लायक थियो त्यो रात
त्योरातवाहेक
रंगिन यादमय रातवन्न सकेन
एक–स्पर्स वाहेक
अर्को सामिप्य–साथवन्न सकेन
अभिजात कुनै शहीदजस्तै
एकमुरि फुलका थुप्रोमाथि तिम्रो तस्विर राखेर
झलमल्ल मैनवत्ति वाल्ने चाह थियो
त्यही फुल पनि कहिले पो वर्गिय वनि सकेछ माया
मसंग त्यसा ेगर्ने क्षमता वन्न सकेन ।
मेरो प्रेम–प्रस्ताव स्वीकारे पछि तिमीले
म सिधा सुहाग रातमा पुगेको थिएँ कल्पनाको
झुप्रो होस् तर केवल एकान्तमा हामी दुइ,
मधुर धिप्रिको प्रकाशमा लजाएका मेरा आखा
र अनन्त तृष्णाले आकुल जुधेको हाम्रा ेनजर
अपेक्षाको त्यो रात
रातभन्दा साथ धेरै हुनेछ ।
हे, रवी अनन्त एकनासे छ,
आभा पनि त उस्तै हुन्छ
तैपनि
संयुक्त हाम्रो पहिलो विहानीमा
नौलो देखिने क्षितिज माथि आकाश सफा हुनेछ,
फुलेका हुनेछन् आगनमा वहुरंगी फुलहरु
वग्नेछन् केबल निलो रंगका नदिहरु
उड्नेछन् स्वतन्त्र पन्छिका जोडिहरु
हुनेछौं केबल हामी दुइ
फराक हरियो चौरको वीचमा
र, वग्नछाडेर शरिरमा रगत
अनुहार मै जम्मा भएझैं रातो न रातो
संझदैं प्रेम प्रस्तावको पहिलो कठिनक्षण
सायद खित्का छाँड्दै हाँसिरहेका हुनेछौं ।
माया,
यो सब मेरो कल्पना मात्रै थियो
अर्थात हाम्रो विवाहको क्षण त अर्कै खालको थियो ।
गोधुली साँझले छोडिसकेको
र झम्के साँझले छोपि नसकेको,
वादलले आकाश ढाकिसकेको
र वर्षात फरालि नसकेको,
मेरो हातमा एक भरुवा वन्दुक पड्कि सकेको
र तिम्रो हातमा पड्कि नसकेको
वन्दुक थमाए पछि मेरो हातको
र मैले प्राप्त गरेपछि तिम्रो हातको
एक–एक ओटामाला
र दुइ–दुइ शव्द मन्तव्यका साथ
हाम्रो जनवादी विवाह टुंगिएको थियो ।
त्यसरात
प्राप्त थियो उपाहार स्वरुप हामीलाई एक सुकुल
र आलिसान तितेपातिघारि
कमरेडका जमातभन्दा केहि पर
कान्लामुनिको अँधेरि वगैचा
अर्थात हाम्रो हनिमुनपार्क
जेहोस,
रातले कालो पोतेको मेरो ओठले
आँटेको थियो छुन त्यस्त ैतिम्रो ओठ
कर्मठ ठेलाले मृत मेरा हातले
खोजेका थिए चलाउन तिम्रो छाति
थालेका थिए बल्किन एकसाथ दुई मुटु
खोजेकामात्र थिए चिम्लिनचार आँखा
अकस्मात!!
गर्जिएको थियो वारुदको धमका
धमकासंगै पुगेकी थियौ पछारिन तिमी एकातिर
र म अर्कोतिर
पछारिएसंगै शुरु भएको थियो कोलाहल, भागाभाग
र दोहोरो फायरिङ
उठेको थिएँ जुरुक्कै त्यस ठाउँवाट,
जहाँ पछारिन पुगेको थिएँ म
फरालेको थिएँ एकैसासमा
जहाँ पछारिन पुगेकि थिया तिमी
गदगद खुशिका साथ
भेट्टाएको थिएँ तुरुन्तै तिमीलाइ
आहा तिमी त त्यहिं पो रहेछौ
मेर ैप्रतिक्षा गरेसरि
एक अवोध वालिका मस्त निदायसरि
तर ................
तर त्यसपछि कहिल्यै नव्युझने गरि ।
हो माया,
त्यो रातवाहेक
रंगिन यादमय मेरो रातवन्न सकेन
एक–स्पर्स वाहेक अर्को सामिप्य–साथवन्न सकेन
शुरु शुरुको बीरता तिथीको दिन
एउटा राम्रो ढुंगो माथि राखेर
मधुरो तिम्रो तस्विरमा माल्यर्पणगर्दा
दुइचार मान्छे किन नहुन,
उभिदा तिम्रो तस्विर सामु उनीहरु
झुकाउँदाशिर एकमिनेट श्रद्धाञ्जलीमा
असिमगर्व लाग्थ्योमलाइ ।
आजभोलि तर
औधि चिन्ता लाग्छ उल्टै तिमीसंग माया
किनकि
गएकिछौ हराउँदै तिमी
अभिजात ती शहीदका हुलहरुमा
गएकिछौ होचिंदै तिमी
अग्लिएको तस्विर सामु थुप्रिएका फुलहरुमा
तिमी वेपत्ताहुँदै गएकि छौ
तिमी विर्सिइदै गएकि छौ ।
तर मेरो लागि
त्या ेरातवाहेक
रंगिन यादमय रातवन्न सकेन
त्यो स्पर्स वाहेक
अर्को सामिप्य–साथवन्न सकेन
त्यहिभएर
अभिजातकुनै शहीदजस्तै
एकमुरि फुलका थुप्रोमाथि तिम्रो तस्विर राखेर
झलमल्ल मैन वत्तिवाल्ने चाह थियो
त्यो फुल पनि कहिले पो वर्गिय वनिसकेछ माया
मलाइ माफ गरिदेउ
मसंग त्यसोगर्ने क्षमतावन्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोलि १ रुपैयाँमै कसरी हेर्ने प्रदीप खड्काको प्रेम गीत–३ ?
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गत छैन : योगेश भट्टराई
-
लुम्बिनी प्रदेश सभा बैठक पुस १६ गतेका लागि बोलाइयो
-
सरकार जनमुखी भएर चल्न सकेन : नेता खनाल
-
नुवाकोटको शेरा दरबारको १६४ रोपनी जग्गा प्रयोजन विपरीत भोगचलन गरेको सीआईबीको निष्कर्ष
-
मुआब्जा नपाएको रेलमार्ग प्रभावितको गुनासो