२ देखि ४ घण्टा हिडेर बिद्यालय जानुपर्ने बाध्यताको प्रतीक, टिच फर नेपालको वाकर्थन
काठमाडौं । ग्रामिण क्षेत्रका विद्यार्थीहरु दैनिक २ देखि ४ घण्टा हिडेर बिद्यालय जानुपर्ने बाध्यताको प्रतीककारुपमा टिच फर नेपालले यहि असार १६ गते तेस्रो वाकर्थनको आयोजना गर्दैछ ।
कुटुम्बले सांगितिक प्रस्तुति दिने यस कार्यक्रममा १५ सय भन्दा बढी पेशाकर्मी तथा विद्यार्थीहरू सहभागि हुँदैछन् ।
ललितपुरको लबिम मलबाट सुरु हुने उक्त वाकर्थन कुपण्डोल, माइतीघर, भद्रकाली, त्रीपुरेश्वरबाट सोही रुट हुँदै लबिम मलमा साङ्गितिक कार्यक्रममा परिणत हुनेछ । कार्यक्रममा सहभागीहरूले ५ किलोमिटर पदयात्रा गर्नेछन् ।
टिच फर नेपाल भर्ना तथा छनोट विभागका जिग्मे शेर्पाले भने “हाम्रा विद्यार्थीहरू दैनिक ५ किलोमीटर हिडेर बिद्यालय आउने गर्छन त्यहि कठिनाइको अनुभूत गराउन र शिक्षाको महत्व बुझाउन वाकर्थनको आयोजना गरिएको हो” ।
उनले कार्यक्रमले टिच फर नेपालको अभियानमा युवाहरु अझै जागरुक भएर लाग्नेमा आफु बिश्वस्त रहेको बताए । सिटिजन्स बैँक र बुद्ध एयरको सहयोग उक्त कार्यक्रमको आयोजना गर्न गएको शेर्पाले बताए ।
वाकाथनमा भाग लिन एक हजार रुपैंया सहयोग रकम सङ्कलन गर्नुपर्ने र उक्त रकम टिच फर नेपालले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी प्रयोग गर्ने आयोजकले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने
-
मंसिर मसान्तभित्र पालिकाहरूको अधिवेशन सम्पन्न गर्न माओवादीले पठायो परिपत्र
-
मौद्रिक नीतिको समीक्षाबारे सीबीफीन असन्तुष्ट
-
ललितपुरसहित विभिन्न स्थानमा ५ जना मृत फेला
-
लुम्बिनी बौद्ध विश्वविद्यालय २८९ जना विद्यार्थी दीक्षित
-
पारसको आग्रह : पासका लागि फोन नगर्नुहोला