बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यस कारण आँप फलको राजा हो

बिहीबार, १४ असार २०७५, ११ : ४७
बिहीबार, १४ असार २०७५

बर्खाको बेला हामी बजारभरी जताततै पहेँला आँप देख्न सक्छौँ । अझ काठमाडौंका प्रत्येक गल्ली र चोकमा थरीथरी जातका आँप साइकलमा बोकेर बेच्न डुलाइरहेका बिक्रेता भेटिनु नौलो कुरा भएन । हेर्दै रहरलाग्दा आँपक किनौँ र खाउँ जस्तो लाग्छ । तर कतिलाई मधुमेह भएका कारण आँप खान डर पनि लाग्छ । तिनले सोच्ने गर्छन् गुलियो आँपमा प्रशस्त चिनी पो छ । अझ कोही त आँप खाएर मोटाइने अनि कोही सोच्लान् आँप खाएर जिउको तौल घटाउने । चल्तीमा रहेको शब्द मिल्क सेक, म्याँगोसेक, पहेलो रङ्गको यो परिकार हेर्देमा खाउँ खाउँ लागिहाल्छ । यसले शरीरमा तागत दिन्छ । प्यास मेटाउँछ भोक पनि मेटाउँछ । प्राग ऐतिहासिक अभिलेख अनुसार भारतको रैथाने यो फलको खेती आजभन्दा २५– ३० लाख वर्षअघि सर्वप्रथम भारतको उत्तर पूर्व राज्य, बङ्गलादेश, म्यानमार, नेपाल, पाकिस्तानमा गरिँदै आएको छ । फलको राजा भनिने आँपको वर्णन हिन्दू धर्मग्रन्थमा पनि यसका गुणबारे उल्लेख गरेको पाइन्छ ।

आँपको सेवनबाट स्वास्थ्यमा हुने फाइदा 

हाम्रो शरीरका रोग प्रतिरोधक प्रणाली राम्रो हुनु राम्रो स्वस्थ्यका लागि आवश्यक मानिन्छ । आँपमा प्रशस्त मात्रामा पाइने भिटामिन–सी, भिटामिन–ए तथा २५ विभिन्न खाले कयारोटेन्वाइडसले हाम्रो रोग प्रतिरोधक प्रणालीलाई स्वस्थ्य राख्छ ।  

क्यान्सर रोकथाममा सहयोगी : हामी सबैलाई थाहा भएकै कुरा हो क्यान्सर, घातक तथा उपचार असम्भव रोग हो । यो निको पार्न सकिन्न तर प्रचलित भनाई छ, रोगको उपचार गर्न गराउन भन्दा रोकथाम नै बेस हो । यो सामान्य भनाइ मात्र हैन अस्वीकार्य तथ्य पनि हो । आँपमा पाइने क्युरसेटिन, आइसो क्युरसेटिन, अस्ट्रागालिन, फिसेटिन, स्गालिक एसिड, मिथाइल गाल्लेट, साथै प्रचुर मात्रामा पाइने इन्जाइमर्स तथा एन्टिअक्सिडेन्टले (कोलन), ठूलो आन्द्रा, वक्षस्थल तथा रक्त क्यान्सर हुनबाट बचाउन सहयोगी हुने गर्छ ।  

कोलेस्ट्रोल न्यून गराउने : आँपमा उच्च तहमा (फाइबर) रेसा भिटामिन–सी, पेकटिन पाइने हुँदा यसले रक्त झोल (सिरम) मा कोलेस्ट्रोलको मात्रा खासगरी कम घनत्वको लिपोप्रोटिन जुन साँच्चिकै शरीरका लागि घातकलाई न्यूनीकरण गरिदिन्छ ।  

छाला चिटिक्क पार्छ : छालाको रूपरङबारे केटीहरू मात्र हैन, केटाहरू पनि खासगरी गर्मी र वर्षाको बेला सजग हुने गर्छन् । यसैबेला आँप उपलब्ध हुन्छ । यसले छालाको छिद्र सफा गर्नुका साथै डन्डिफोर, कालो दाग हटाउन । 
 

मधुमेह नियन्त्रण : 

जब हामी आँपको बर्णन गर्छाैं हामी कसरी आँपको पातको गुणकारी विशेषता बिर्सन सकौला त ? आँपको  पातमा शरीरको रगतहमा इन्सुलिन नियमन गर्ने क्षमता हुने गर्छ । आँपको पातलाई उमालेर रातभरि ढाडिनदिने अनि छनेको झोल बिहानीपख सेवन गर्दा मधुमेह नियमन गर्न सघाउ पु¥याउँछ । आँप भिटामिन–ई को उत्तम स्रोत मानिन्छ । जसको सेवनले यौनिक क्षमतामा अभिवृद्धि गराउँछ । राम्रो स्वास्थ्यको लागि पाचन प्रणाली दुरुस्त मानिन्छ । आँपले शरीर खानेकुरा पच्ने पचाउने उत्पन्न हुने विकार दिशाको रूपमा बिसर्जन गर्ने क्षमता विकास पनि गराउँछ । वर्षे गर्मी हाम्रो शरीर र मस्तिष्कका लागि लुको रूपमा कति घातक हुन्छ, हामी सबैलाई थाहा छ । तर काँचो आँपको रस पानी चिनी मिसाएर बनाएकै सर्वतले हाम्रो शरीरको तापक्रम त घटाउँछ । साथै लुको घातक असरवाट पनि बचाउँछ । राम्रो आँखाको ज्योतिको लागि भिटामिन– एको आवश्यकता पर्दछ । एक कप आँपको केस्राले हाम्रो शरीरलाई दैनिक चाहिने भिटामिन– ए को २५ प्रतिशत आपूर्ति गराउँछ जसले हाम्रो क्षारिम सन्तुलन मिर्गाैलाले नियमित गर्दछ । यसले पिसाबबाट बाइकार्बोनेटका कण विर्सजनको नियमन गर्दछ । आँपमा पाइने टारटारिक एसिड, मस्लिकएसिड अनि न्यून मात्रा उपलब्ध सिट्रिक एसिडले शरीरमा क्षरिम तत्वको भण्डारणमा मद्दत गर्छ । ठिक्क मात्रामा आँप सेवन गर्नाले शारीरिक तौल घटाउन मद्दत गर्छ । आँपको बोक्रामा पाइने वनस्पतिजन्य रसायनले शरीरमा अनावश्यक बोसो पगाल्न मद्दत गर्छ । आँपमा पाइने आहार जन्य रेसाले पेट टन्न भएको अनुभूति गराउँछ । यसले गर्दा लामो समयसम्म भोक लाग्दैन । हामीलाई बजारमा उपलब्ध कट्याङ कुटुङ खाले तयारी खानाप्रति रुचि हुँदैन । त्यसैले आँपलाई फलहरुको राजा भनिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. केदार कार्की
डा. केदार कार्की
लेखकबाट थप