नेपालमा अमुल दूध आउँदैन : कृषि मन्त्री खनाल
काठमाडौँ– कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले भारतीय कम्पनीको अमुल दूध नेपालमा भित्रिनुपर्ने कुनै आवश्यकता नरहेको बताएका छन् ।
‘बाहिर प्रचारमा अमुल भित्र्याउन खोजेको भनिएको छ । तर अमुल दूध भित्र्याउनेबारे कुनै छलफल भएको छैन । नेपालमा अहिले अमुल दूध आवश्यक छैन’, खनालले रातोपाटीलाई दिएको अन्तरवार्तामा भनेका छन् । उनको विस्तृत अन्तरवार्ता बिहीबार रातोपाटीमा प्रकाशित हुनेछ ।
उनले नेपालमा अहिले अमुल भित्र्याउनुपर्ने आवश्यकता हो कि होइन त भन्ने कुरा मुख्य रहेको खनालले बताए । तर आवश्यक परेमा वा समय सन्दर्भमा कुरा गरेर नेपालमा अमुल दूध भित्र्याउनै नहुने भन्ने नीति पनि नरहेको मन्त्री खनालको भनाइ छ ।
‘नेपालमा भएको दूध र फ्याक्ट्रीलाई व्यवस्थापन गर्ने साथै केही नयाँ आधुनिक फ्याक्ट्रीहरूको बारेमा सरकारले राम्रो गरी सोच्यो भने आफ्नो मन्त्रालय कार्यान्वयन गर्न सक्षम छ । त्यसो भयो भने अमुल दूध नेपालमा भित्र्याउनु पर्दैन’, मन्त्री खनालले भने, ‘अमुल कम्पनीसँग कुनै छलफल भएको छैन । अहिले नेपालमा अमुल भित्रिने कुनै सम्भावना पनि छैन ।’
साथै मन्त्री खनालले दूध र दुग्धजन्य पदार्थमा हुने मिसावटको नियन्त्रणका लागि प्रचलित खाद्य ऐनको प्रभावकारी कार्यान्वयन गरिने बताए । ‘अनुगमनका क्रममा केही कम्पनीका दूधमा कोलिफम र सोडा देखिए पनि बाहिर प्रचारमा आए जस्तो नेपालको दुध खान लायकै नभएको भन्ने हल्ला पनि गलत हो’, तर जुन मापदण्ड पूरा गर्नुपर्ने थियो, त्यो गरिएको पनि छैन’ मन्त्री खनालले भने ।
उनले तालाबन्दी भएको दूध कम्पनी दोषी पाइए बन्द गरिने बताए ।
‘ल्याब टेस्टबाट आएको कुरा हामीले जस्ताको तस्तै बाहिर दिएका छौँ । मापदण्ड पूरा नभएका दूध कम्पनी केहीमा तालाबन्दी गरेका छौँ । अनुगमनका क्रममा पाउडर धेरै भेटियो । जसले गर्दा कृषकको दूध बिक्री नभएका पाइयो । अनुगमन पछि टेस्ट गर्नका लागि पठाइएको र रिपोर्टमा पाउडरको डेट एक्सपाएर पाइयो भने तालाबन्दी भएका दूध कम्पनी खोलिँदैन’, मन्त्री खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म