शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मस्जिद अगाडि टाइट कपडामा दुई युवतीले गरे ‘सेक्सी डान्स’, भिडियो भाइरल भएलगत्तै हंगामा

बुधबार, १३ असार २०७५, ११ : ४३
बुधबार, १३ असार २०७५

मलेसियाको एक मस्जिदमा पर्यटकको आगमनमा रोक लगाइएको छ । मस्जिद अगाडि दुई महिला पर्यटकको डान्सको भिडियो भाइरल भएपछि यस्तो निर्णय लिइएको हो । ती युवतीले निकै छोटो र स्किन टाइट कपडामा सेक्सी डान्स गरेका थिए । सबाह राज्यको कोटा कुनाबलूस्थित यो मस्जिद पर्यटकका बीच निकै लोकप्रिय छ ।

मुस्लिम समुदाय रुष्टः

मस्जिद अगाडि युवतीको यस्तो डान्स देखेर मुस्लिम समुदाय निकै रुष्ट छ । मस्जिदका चेयरम्यान सकरनले विदेशीको यस्तो व्यवहार अनैतिक भएाले मस्जिदमा पर्यटकका लागि अस्थायी रोक लगाइएको छ जानकारी दिए । यस्तो गरे मात्र इस्लामको पवित्रता कायम राख्न सक्ने उनले बताए ।

कुनै कारवाही नगरिनेः

स्टेट टुरिजम मिनिस्टर क्रिस्टिन लियुका अनुसार भिडियोमा देखिएका युवतीविरुद्ध कुनै कारवाही गरिने छैन  किनभने उनीहरु आफ्नो व्यवहारको गम्भीरताबारे अनभिज्ञ थिए । उनी भन्छन्, ‘यी युवतीको खोजी पक्कै गरिएको छ । उनीहरु भेटिए मोज मस्तीका लागि गरिएको उनको व्यवहार निकै अपमानजनक भएको बताइनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप