समाचार प्रभाव : रिघाका जनप्रतिनिधीले दलित महिलालाई दिलाए न्याय !
बागलुङ–रातोपाटीले समाचार प्रकाशन गरेपछि बाग्लुङ्ग रिघा गाउँका जनप्रतिनिधीहरुले यसअघिको निर्णय सच्चाउँदै त्यहाँकी एक दलित महिलालाई न्याय दिलाएका छन् ।
गलकोट नगरपालिका वडा नम्वर ११ मा पर्ने रिघाका वडाध्यक्ष डम्वरबहादुर श्रीसको अगुवाईमा अन्यायमा परेकी दिलमाया बिकलाई त्यहाँका जनप्रतिनिधीहरुले न्याय दिलाएका हुन् ।
स्थानीय खगी बिकलाई दिलमायाले २०७४ माघ २८ गते साँझ आपत्तिजनक गाली वेईजती गरेको भन्दै वडा कार्यालयमा उजुरी दिएकी थिईन् ।
त्यसको १४ दिन पछि दिलमायालाई खुट्टा ढोगाउने विपाक्षीको मागअनुसार लिखित क्षमायाचना गराईएको थियो ।
उनीहरु आपसमा एकै घरका चेली माईती थिए ।
त्यस्तै सोही मौकामा खगी बिक र उनका श्रीमान श्याम बिकले लेनदेनको कुरा उठाएका थिए ।
हिसाव किताव गर्ने क्रममा दिलमायाले खगी बिकलाई सावा भन्दा ब्याज बढि तिर्नु पर्ने कागज गराईएको थियो ।
स्थानीय सरकारकै सामु दलित महिलालाई ‘सजाय’ कालोमोसो
लगत्तै साँझपख दिलमाया कार्यालयबाट बाहिर निस्कने क्रममा उनलाई खगी विकले कालो मोसो दलेर दुव्यवहार गरेकी थिईन ।
त्यसबाट विक्षप्त बनेकी उनले रातोपाटीसँग न्यायका पक्षमा समाचार उठान गरीदिन आग्रह गरेकी थिईन ।
सोही अनुरुप स्थानीय सरकारकै सामु दलित महिलालाई ‘सजाय’ कालोमोसो’ शीर्षकमा समाचार प्रकाशन भएको थियो ।
समाचारआएपछि वडाध्यक्ष श्रीस मेलमिलाप गराउन खटेका थिए ।
मंगलबार साँझ अवेरसम्म छलफल गराउँदा सुरुमा गाली बेईजती गर्नु दिलमायाको गल्ती र पछि कालोमोसो दल्नु खगी बिकको गल्ती भन्ने ठहर गर्दै दुवै पक्षलाई क्षमायाचना गराईएको छ ।
त्यसवेला २ लाख ९७ हजार ९८ रुपैयाँ दिलमायाले खगी बिकलाई तिर्नु पर्ने कागज गराईको थियो ।
मंगलबार १ लाख ९० हजार मात्रै तिर्नु पर्ने कागज गराईएको छ ।
त्यसमा दुवै पक्ष राजी भएको वडाध्यक्ष श्रीसले बताए ।
दिलमायाले वडाध्यक्ष श्रीस र साविक रिघाका पुर्व गाविस अध्यक्ष बाबुराम नेपाली र अन्य जनप्रतिनिधीहरुले आफुलाई न्याय दिलाएको भन्दै खुशी ब्यक्त गरिन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब