त्रिकोणीय ‘प्रेम’ ले निम्त्याएको दुर्घटना !
गुल्मी– केही दिनअघि विवाहको दोस्रो दिन रूपन्देहीको एक होटलमा मृत फेला परेका युवाको घटना पछ्याउँदै जाँदा थप रहस्य फेला परेको छ ।
जेठ २४ गते बुटवलको एक होटलमा सुहागरातका रूपमा नव दुलहीसहित बसेका रूपन्देही सियारी गाउँपालिका वडा नम्बर ७ अमुवा हिरागञ्जका ३२ वर्षीय कर्णबहादुर बुढाथोकी २५ गते होटलको काठोमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।
उनले झण्डै १५ वर्षदेखि स्थानीय थारु समुदायकी एक युवतीसँग प्रेम सम्बन्ध राख्दै आएको युवतीको दाबी छ । तर बुढाथोकी उनीबाट पन्छिन चाहन्थे ।
बुढाथोकीलाई गत कात्तिक महिनामा ती युवतीका परिवारजन र आफन्तले जुटाएर मेलमिलाप गराउने प्रयास गरेका थिए ।
स्थानीय समाजसेवी तथा उनै बुढाथोकीका मिल्ने साथी कमल भट्टराईका अनुसार बुढाथोकी कात्तिक महिनाको छलफलमा बुढाथोकीले बाबुको मृत्यु भएको एक वर्ष पूरा नभएकाले ६ महिनापछि विवाह गर्छु भनेका थिए ।
तर जेठ २३ गतेका दिन त्यहाँका वडाध्यक्ष सहितका जनप्रतिनिधिबीच भएको छलफलमा बुढाथोकीले ती युवतीलाई विवाह गर्न अस्वीकार गरेका थिए ।
त्यसपछि ती युवतीले गाउँपालिका उपाध्यक्षकहाँ पुगेर बुढाथोकीले आफूसँग पटक पटक गरी ६ लाख रुपियाँ लिएको भन्दै उक्त रकम असुल गरी पाऊँ भनी उजुरी दिइन् ।
फेरि जेठ २४ गते बुढाथोकीलाई एक्लै पारेर जबरजस्ती विवाह गराएर यस्तो घटना घटेको उनका परिवारजनको आरोप छ । उक्त आरोप झुट भएको ती युवती र उनका पक्षधरहरूको भनाइ छ ।
के भएको थियो त त्यस रात ?
त्यसरी गाउँबाट श्रीमान श्रीमती बनेर बस्ने भन्दै बुढाथोकीले ती युवतीलाई बाइकमा राखेर हाँस्दै र बाई बाईको हात हल्लाउँदै हिँडेका थिए ।
बुटवल पुगेपछि शिद्धबाबातिर घुम्न गए । त्यहाँ पुगेपछि एउटी महिलाको फोन आयो । म्यासेजहरू पनि आउन थाले । उनले विवाह गरेर ल्याएकी उनलाई ढाँट्न चाहेनन् ।
उनले भनेका थिए–‘मलाई एउटी महिलाले मेरो छ महिनाको गर्भ रहेको छ भनेर तनाव दिएकी छ । अहिले नै भेट्न आउँछु भनेर फोन गरेकी छ ।’
त्यसपछि उनीहरू साँझ ६ बजेतिर त्यस होटलमा आए । १०८ नम्बर कोठा बुक गरे । उनले कमल भट्टराईलगायतका साथीहरूलाई पनि बोलाए । गोलो राउन्ड टेबुलमा बस्ने क्रममा ती युवती नर्जिक टाँसिदै, ‘तनाव नलिनु अब’ भनिन् ।
त्यही बेलामा फेरि तिनै महिलाको फोन आयो । पटक पटकको फोनपछि उनी ती महिलालाई लिन गए ।
केहीबेरपछि होटलको छतमा ती महिला आइन् । महिलाले बुढाथोकीलाई ‘उसलाई विवाह गर्छस् भने मलाई पनि स्वीकार, नत्र छतबाट हामफालेर मर्छु’ भनेर दबाब दिन थालिन् । अर्की पनि त्यसै गर्न थालिन् । कमल भट्टराई लगायतले ती महिलालाई झपारेर पठाए ।
त्यसपछि बुढाथोकीले विवाह पार्टीका रूपमा साथीहरूलाई वियर र नास्ता गराए । त्यहाँ हाँसो ठट्टा पनि चल्यो । ती साथीहरू करिब साढे दश बजेतिर त्यहाँबाट हिँडेको होटलवालाको भनाइ छ ।
उनी दुई जना सोही कोठामा सुत्न गए । बिहान करिब ५ बजेको समयमा सेन्डो मैलो भयो, धोई देऊ त भनेर बुढाथोकीले दिएका थिए । करिब ६ बजेतिर साबुनलगायतका सरसमान किन्न पठाए ।
ढोका नखोलेको देखेपछि दुवै जना तल झरेर होटलवालाई आग्रह गरे । स्टाफले ढोका खोले पछि ती युवती बाहिर निस्किइन् । बुढाथोकी कोठामै गए ।
होटलवालाको शब्दमा २० मिनेटपछि उनी समानहरू किनेर आइन । भित्र ढोका खोल्दा चुकुल लगाएको पाएपछि अत्तालिँदै ती महिला तल चक्कु माग्न आइन् ।
ढोका खोल्न एक्लै हरप्रयास गरिन् । अन्ततः ढोका खोलेर हेर्दा झुण्डिएको अवस्थामा देखिन् ।
बहिनी थिइन् जो अर्की श्रीमती बनेर आइन्
बुढाथोकीको विवाहकै दिन अर्की श्रीमती बनेर आउने महिलाको कथा बेग्लै छ । उनका श्रीमान विदेशमा थिए ।
बुटवल नजिकैको एक सहरमा डेरा गरेर बसेकी उनी गत वर्ष बुटवलको एक अस्पतालमा छोराको उपचार गर्न पुगेकी थिइन् ।
सोही अस्पतालमा बुढाथोकीका पिता पनि बिरामी परेर भर्ना भएका थिए । जहाँ बुढाथोकी र उनकी दिदीसँग चिनजान भयो ।
उनले आफ्नै बुबाका रूपमा स्याहारसुसार पनि गरिन् । अस्पतालबाट रिफर भएपछि सिकिस्त परेका बुढाथोकीका पिताले ऊ मेरी छोरी नै हो बोलाइदेउ भनेर बोलाइयो ।
उनी आइन् । घरको सबै कामदेखि छोरीका रूपमा भूमिका निभाइन् । यहाँसम्म कि उनी मलामीसमेत गएकी थिइन् । त्यसपछि पनि आउने जाने र घरका सबै काम दाजु बहिनी मिलेर गर्ने गर्थे ।
दाजु बहिनीको सम्बन्धमाथि उनकी प्रेमीका बनेकी ती थारु सामुदायकी महिलाले आशङ्का गर्न थालिन् । उनीहरू बढी नै नजिकिन थालेको र आफूसँग टाढिँदै जान थालेपछि उनले ती दुई जनाको हर्कतबारे विदेशमा रहेका उनका श्रीमानलाई केही कुरासहित तस्बिर पठाइन् ।
त्यसले उनीहरू बीचको दाम्पत्य जीवनमा असर पर्दै गयो । त्यही रिस साँधेर बसेकी तिनै बहिनी बनेकी महिला त्यसरी ६ महिनाको गर्भसहित श्रीमती बन्न आएकी थिइन् ।
कमल भट्टराई भन्छन्– ‘कर्णकै आग्रहमा घटना भएको १५ दिनअघि बुटवलमा ती महिलालाई भेट गराइएको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब