शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

आमाहरुले दिए ‘मर्ने बेलामा हरियो काँक्रो’ भन्नेहरुलाई गतिलो जवाफ

मङ्गलबार, १२ असार २०७५, १६ : ०१
मङ्गलबार, १२ असार २०७५

भक्तपुर– मनभित्र चाहना र दृढ अनोठ भए जस्तोसुकै काम पनि सफलताका साथ पुरा गर्न सकिन्छ । मानिसलाई कतिपय कार्य गर्न उमेरले छेक्छ भन्ने परम्परा छ । तर त्यो कुरा सबैमा लागू हुदैंन ।  भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित गठ्ठाघरमा रहेको आस्था महिला विद्यालयले विद्यालय शिक्षाबाट बञ्चित महिलाहरुको पढ्ने धोको पुरा गर्न सहयात्री बनेको छ । 

विद्यालय जान व्यागमा किताब र कापी बोकेर हिँड्दा ६३ वर्षकी तुल्सीमाया श्रेष्ठलाई धेरैले गिज्याए । तर उनलाई मनभित्र एउटा अठौट थियो । जीवन रहुन्जेल पढेरनै छोड्छु । त्यसैले त्यस्तो भन्नेहरुको सामु उनले एसइइ परीक्षा पास गरेर देखाइदिन । कुनैदिन तुल्सीमाया पढ्न निस्किदा मुख खुम्चाउनेहरुलाई अहिले उनी उदाहरण बनेकी छिन् । 

एसईईमा उनले सि ग्रेट प्राप्त गरिन् । विद्यालय शिक्षाबाट बञ्चित धेरै महिलाहरुले शिक्षाको ज्योति यहिबाट प्राप्त गरेका छन् ।  त्यही समुहमा छिन् निर्मला आचार्य । उमेरले पाँच दशक नजिकै रहेकी उनलाई एकजना शिक्षक आफन्तले नै विद्यालय गएको भनेपछि मर्ने बेला ‘हरियो काँक्रो’ खाने भने । उनले तेही हरियो काँक्रो उखान सुनाउनेलाई नै जवाफ दिइन् ‘म मर्ने बेलामा हरियो काँक्रो खाएर मर्छु ।’

 अछामकी ४४ वर्षीय कौशिला बोहाराका जेठो छोरो स्नातकमा अध्ययन गर्दैछन् । कान्छो छोरा र उनले यही वर्ष एसईईमा परीक्षामा सहभागी भए । उनका छोरो आयुषले ए र कौशिलाले सि ग्रेड ल्याइन ।  मध्यपुर थिमिकी रञ्जना गुरुङ ३५ वर्षलाई पढाई लेखाई राम्रो निकै समस्या भयो । बैंक तथा अन्य ठाउँ हस्ताक्षर गर्दा समेत हात काम्ने हुन्थ्यो । 

रातोपाटीसँग आफ्नो विगत सुनाउदैं उनले भनिन् ‘मलाई आफु निकै कमजोर लाग्थ्यो, जतिबेला म राम्रोसँग लेख्न सक्दिनथे ।’  पूनः उनले थपिन् ‘मलाई पढ्ने रहर भएपनि ठाउँ थाहा थिएन् । दिदिको छोराले भनेपछि यहाँ आए’ । 

वि.सं. २०६५ सालबाट विद्यालय सुरु गरेको हालसम्म छैठौं व्याचले एसईई दिइसकेका छन् । वि.सं. २०७४ सालको एसईई परीक्षामा यो विद्यालयबाट १८ जना सामेल भएका थिए ।  जसमा कौशिका बाहोरा, तुल्सीमाया श्रेष्ठ, रञ्जना गुरुङ, निर्मला आर्चाय, शर्मिला दाहाल, गिता आलेमगर, सुस्मिता राई, बिमला तामाङ, कृतिका पोखरले, मन्जु तामाङ, मंगलीमाया रुम्बा, मिना तामाङ, मनुका घिमिरे, निरमाया ब्लोन, निशा पौडेल रमिता गुरुङ, सविनामाया तामाङ, तलकेश्वर ठाकुर र निरमाया तामाङ रहेका छन् । उनीहरु सबै ३० वर्षदेखि ६३ वर्ष उमेरसम्मका रहेका छन् । 

विद्यालय सञ्चालनमा चुनौती
शिक्षाबाट बञ्चित महिलाहरुलाई शिक्षा दिने उद्देश्यले वि.सं. २०६४ सालदेखि सञ्चालित यो विद्यालयमा समस्या पनि छ । २०६५ सालदेखि कक्षा सञ्चालन भएपनि भाडाको घरमा विद्यालय चलिरहेको छ । विद्यालयकी निमित्त प्रार्चाय विणा देउजाका अनुसार हाल १४ जना शिक्षिकाहरु कार्यरत छन् । जसमा दुई जनामात्र सरकारी तलब लिने छन् । विद्यालय सञ्चालनको लागि मध्यपुरथिमि नगरपालिकाले पनि वार्षिक रुपमा आर्थिक सहयोग गर्दै आएको छ । 

हाल विद्यालयले आभारभूत तहका विद्यार्थीसँग मासिक २ सय, ६ देखि ८ कक्षाकालाई ३ सय र ९ र १० कक्षाका विद्यार्थीहरुसंग मासिक ५ सय रुपैयाँ लिने गरेको निमित्त प्रार्चाय देउजाले जानकारी दिईन् ।  घरको काम सकेर छोराछोरीलाई विद्यायल पढाउदैं आफु पनि पढ्न आउनेहरु नै यहाँ आउने गरेका छन् । हाल सबै कक्षामा गरेर २ सय जना महिलाहरु विद्यालयमा अध्ययन गर्दैछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप