मध्यराती बौद्धमा लफडा गर्दा सशस्त्रका एसपीमाथि कुटपिट !
काठमाडौं– राजधानीको बौद्धस्थित बौद्ध गेट अघिल्तिर रक्सीले मातेर लफडा गर्दा सशस्त्र प्रहरी बलका एसपी गोपाल गुरुङले कुटाई खाएका छन् । आईतबार राती साँढे ११ बजेतिर गुरुङसहित अन्य चारजना मदिरा सेवन गरेर मुल सडकमा पिसाव फेर्न लागेपछि स्थानीयले उनीहरुलाई लखेटेर कुटपिट गरेका थिए ।
‘स्थानीयले लखेटेपछि भाग्ने क्रममा हाम्रो प्रहरी टोलीले उक्त समुहलाई नियन्त्रणमा लिएको थियो’ महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्याम राईले भने, ‘रातीनै मेडिकल गरेर परिचयपत्रको फोटोकपी राखेर छाडिदिएका हौं ।’
स्थानीय युवाहरुले लखेटेपछि भाग्ने क्रममा प्रहरी र स्थानीयले एसपी गुरुङको समुहमाथि हातपात गरेको बताइएको छ । आईतबार राती ड्युटीमा खटिएको महानगरीय प्रहरी वृत्त बौद्धका इन्सपेक्टर भुपेन्द्र गिरी कमाण्डको टोलीले समेत एसपी गुरुङलाई कुटपिट गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । तर, बौद्धको डिएसपी राईले प्रहरीले गुरुङमाथि हातपात नगरेको दाबी गरेका छन् ।
‘उँहाहरु दौडिँदा सुनको सिक्री खसेको रहेछ’ डिएसपी राईले भने, ‘सशस्त्रको एसपी हुँ भनेपछि मेडिकल गराएर पठाएका हौं ।’
सीमा शुरक्षा कार्यालय सिराहाको प्रमुखको रुपमा कार्यरत गुरुङ विदामा काठमाडौं आएका थिए । उनी कुटपिटबाट घाइते भएको र उपचार गराइरहेको बताइएको छ ।
घटनामा संलग्न छैन र तर घटनास्थलमा पुगेको हुँ : एसपी गुरुङ
यसबारे एसपी गुरुङले आफू घटनामा संलग्न नभएको र तर घटनास्थलमा पुगेको स्वीकार गरेका छन् । उनले आफू घाइते नभएको र उपचारको लागि अस्पताल पनि नलगिएको दावी गरेका छन् ।
‘चिनिएका व्यक्तिहरुहरुलाई आक्रमण गरेको भनेर खबर आएपछि म १० मिनेटमै त्यहाँ पुगेको हुँ । आफू घटनास्थलमा पुगेपछि प्रहरीले नियन्त्रणमा लिए पनि पछि छाडेको हो,’ उनले भने, ‘मलाई कुटपिट गरेको भन्ने कुरा सत्य होइन्, साथीहरुलाई चाहिँ प्रहरीले कुटपिट गरेको रहेछ ।’
उनले भने, ‘आफूले सडकमा पिसाब फेरेको भन्नी कुरा पनि गलत हो । यस्तो जिम्मेवार पदमा रहेर के गर्न हुन्छ ? के गर्न हुन्न मलाई पनि राम्रोसँग थाहा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
-
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
-
पोखरामा भारतीय सेना प्रमुख, वीरता पुरस्कार विजेताहरुलाई सम्मान
-
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा