सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

लक्ष्मणपुर बाँध र स्थानीय समुदायको पीडा

शुक्रबार, ३० असार २०७४, १० : ४१
शुक्रबार, ३० असार २०७४


‘‘रातमा बाढी आयो भने हामी सबै मर्छौं, पछि अध्ययन गर्न धेरै आउलान् तर पहिले काम गर्न कोही आउँदैनन् । हाम्रा माग सरकारले सुन्दैन । हरेक सरकारसँग हामीले निरन्तर भेटेर हार गुहार माग्दै आएका छौँ, सडकमा नारा लगाएका छौँ, सबै स्थानीय निकायदेखि सिंहदरबार र अन्तर्राष्ट्रिय समुदायलाई गुहारेका छौँ तर काम केही हुँदैन । हरेक वर्ष त्यही व्यथा दोहोरिन्छ । बाढीले विनाश गरेपछि चिनी र चिउरा बाढ्नु मात्रै आफ्नो दायित्व हो भन्ने मानसिकतामा बाँचेको हाम्रो सरकार भारत सरकारका सामु मुसा जस्तो व्यवहार देखाउँछ किन ? होइन भने नेपाल सरकारले आफ्ना जनताहरूलाई उठीबास गराउने भारत सरकारसँग क्षतिपूर्ति माग्नु पर्दैन ?”

लक्ष्मणपुर बाँध पीडित सङ्घर्ष समिति बाँकेका सचिव राजकुमार शुक्लाको यो भनाइमा पीडा र आक्रोस दुवै झल्किन्छ । हरेक वर्षातको सिजनले यहाँका बासिन्दाहरूको जीवन जोखिममा छ, जमिन निरन्तर रूपमा नदी कटानमा सकिँदै गएको छ र धनजनको क्षति निरन्तर जारी रहँदा पनि कुनै दीर्घकालीन समाधान छैन । विनाशको सिलसिला कहिले र कसरी रोकिएला, सोच्न नसकिएको स्थानीय बासिन्दाहरू बताउँछन् ।

भारत सरकारद्वारा निर्माण गरिएको लक्ष्मणपुर बाँध र त्योसँगै निर्माण गरिएको २२.५ किमि लामो  कलकलवा तटबन्धमा  अन्तर्राष्ट्रिय कानुन विपरीत छ भन्ने कुरा नेपाल सरकार र स्थानीय समुदाय सबैलाई थाहा छ ।

नेपाल –भारत सीमासँगै जोडेर भारतले राप्ती नदीमा सन् १९८१ मा सुरु गरी सन् १९८५ मा राप्ती नदीमा लक्ष्मणपुर बांधको निर्माण गरेको देखिन्छ भने आर्थिक वर्ष १९९९–२००० मा २२.५ कि.मि. कलकलवा एफलक्स बन्डको निर्माण काम समापन भएपछि बाँके जिल्लाको ५ वटा गाविसहरू होलिया, बेतहनी, फत्तेपुर, गङ्गापुर र मटैहियामा डुबान र कटान पटान समस्या अत्यधिक रूपमा वृद्धि हुँदै आएको छ ।

लक्ष्मणपुर बाँध र यसको २२.५ कि.मि .लामो कलकलवा एफलक्स बन्ड निर्माणका कारण बाँके जिल्लाका दक्षिणवर्ती पाँचवटा गाविसका पन्ध्र हजार बासिन्दाहरू हरेक वर्ष डुबानमा पर्दै आइरहेका छन् । नेपाल–भारत सीमा क्षेत्रको दशगजाबाट ३ देखि ५०० सय मिटरसम्म मात्रको दूरीमा बनाइएको कलकलवा एफलक्स बन्ड निर्माण गरिएको छ र नेपाली भूभागबाट बग्ने सानाठूला खोला र खहरेहरूलाई प्राकृतिक रूपमा बग्ने पानीको अवरोध सृजना भएको र  राप्ती नदीको पानी निरन्तर रूपमा लक्ष्मणपुर बाँध नहर प्रणालीद्वारा भारतीय भूभाग सिंचाइमा कुनै किसिमको अवरोध नहोस् भन्ने दीर्घकालीन उद्देश्यका साथ २२.५ कि.मि लामो कलकलवा एफलक्स बन्ड निर्माण गरिएको र नेपालबाट यसको व्यापक विरोध हुन थालेपछि उक्त एफलक्स बन्डलाई बाँध जोड्ने बाटोको रूपमा परिणत गरिएको छ ।

भारतद्वारा अन्तर्राष्ट्रिय नियम र प्रचलनहरूको उल्लङ्घन गरेर निर्माण गरेको  यही कलकलवा एफलक्स बन्डका कारण नेपाली भूभागका ५ वटा गाविसमा पन्ध्र हजारभन्दा बढी नेपाली जनताहरू हरेक वर्ष डुबानमा पर्दै आइरहेका देखिन्छन् । । राप्ती नदी नेपाल हँुदै भारत गएको हो र भारत प्रवेश गर्ने वित्तिकै नहर बनाएर राप्तीको पानी उपभोग गर्ने एकलौटी अधिकार भारतलाई छैन । सीमाबाट ८ किमिको दूरीसम्ममा त्यस्तो संरचना बनाउँदा एक देशले अर्को देशको सहमति लिनै पर्दछ । तर राप्तीको बाँध निर्माणमा भारतीयपक्षबाट नेपालसँग कुनै सहमति लिएको छैन । दशगजाबाट कलकलवा बाँधको दूरी आधा किमिभन्दा पनि कम छ ।  लक्ष्मणपुर बाँध पनि दशगजा क्षेत्रबाट ४ किमिभन्दा बढी दूरीमा छैन । त्यसैले त्यहाँ नेपालको हक त मिचिएकै छ, त्यसले नेपालका ५ वटा गाविसका ३३ गाउँलाई नै डुबाउने काम गरेको छ ।


आफ्नो एकलौटी निर्णयद्वारा उत्पन्न यो समस्या समाधान गर्ने जिम्मेवारीबाट भारत पन्छिन पाउँदैन । यो समस्या समाधानका लागि नेपाल सरकारले भारत सरकार समक्ष आफ्नो अधिकार मिचिएको र यो भारत सरकारको मिचाहा प्रवृत्तिलाई सच्याउँदै तत्काल क्षतिपूर्तिका लागि माग गर्नुपर्दछ भन्ने स्थानीय बाढी पीडित जनताहरूको जोडदार माग रहेको छ ।


आर्थिक वर्ष १९९९–२००० मा २२.५ कि.मि. कलकलवा एफलक्स बन्डको १३ किमीको निर्माण काम समापन भएपछि बाके जिल्लाको ५ वटा गाविसहरू (होलिया, बेतहनी, फत्तेपुर, गङ्गापुर र मटैहिया) मा डुबान समस्या अत्यधिक भएको छ ।


एफलक्स बन्डको लम्बाइ २२.५ कि.मि. बन्डको माथिको चौडाइ ५ मिटर र सरदर बन्डको उचाइ ५ मिटर  छ । राप्ती नदीको बहाव कम्दी गाविसको सिधिनियाघाटदेखि होलिया गाविससम्म उत्तर दक्षिणतर्पm बगी होलिया गाविसमा एक्कासि मोड लिई पश्चिमदेखि पूर्व–दक्षिणतिर बगेकाले नदीले पश्चिमतिरको जग्गामा कटान गरी डुबान समस्यालाई सधैँ बल्झाएको छ ।


 कलकलवा बन्डले गँधेली र सोतिहिया नालाको प्राकृतिक बहाव थुनिएकाले यसको क्याचमेन्ट क्षेत्रको वर्षातको पानी पहिले भैmँ बग्न नसकी बन्डको माथितर्पm पानी जम्मा हुन्छ र डुबान समस्या एक दुई दिनदेखि एक हप्तासम्म देखिन्छ । भारतीय पक्षले गँधेली र सोतिहियाको पानी निकासको लागि बन्डको माथितर्पm एउटा टो ड्रेनको निर्माणगरेको छ । जुन राप्तीमा बाढीको बेला कायमयाव छैन ।

तथ्याङ्कमा पीडाको झलक


भारतद्वारा निर्माण गरिएको कलकलवा तटबन्ध निर्माण गरी राप्ती नदी लगायत नालाहरूको पानी एकत्रित गरी लक्ष्मणपुर ब्यारेजमा लैजाने र ब्यारेजबाट पूर्वतर्पm नहर प्रणालीद्वारा सिंचाइका लागि निरन्तर पानी लैजाने र ब्यारेजभन्दा माथिका राप्ती नदीका दायाँ किनाराका भारतीय गाउँहरूलाई सधैँ डुबाउने बगाउने गाउँहरूलाई सुरक्षित पार्ने रहेको छ । राप्ती नदीको बहाव भविष्यमा कुनै पनि बेला फेरिन सक्ने र तलको लक्ष्मणपुर बाँधको प्रयोजन सिंचाइलाई प्रभावित गर्न सक्ने उसको गहिरो प्राविधिक अध्ययनका आधारमा उसले राप्तीको बहाव जतासुकै मोडिए पनि निरन्तर राप्तीको पानीलाई लक्ष्मणपुर बाँधको नहर प्रणालीमा लग्ने योजना अन्तर्गतको कलकलवा बन्ड निर्माण गरेको प्रष्ट छ ।


नेपाल सरकारले भारतसँग आफ्नो कुरा नै राख्न सक्दैन । भारत सरकारले त्यत्रो अन्तर्राष्ट्रिय कानुन मिचेर बाँध बनाएको छ । त्यही बाँधले यहाँका २०औँ हजार जनता सधैँ डुबानमा पर्ने र हजारौँ हेक्टर खेतीयोग्य जग्गा कटान हुँदै गैरहेको छ तर नेपाल सरकार भारतका गल्तीका सामु बोल्नै नसक्ने भएको छ । किन यस्तो हुन्छ ? बुझिनसक्नु भएको पीडिहरूको गुनासो रहेको छ । 


हरेक वर्ष हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्थाको दिगो समाधानका लागि कुनै पहल नहुने, बाढीले विनाश लिला सुरु गरेपछि चिउरा र चिनी बाँड्ने अवस्थाको अन्त्य गर्नका लागि या त सिङ्गै त्यो क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा पुनर्वास गराउने वा राप्ती नदी तटबन्धन कार्यलाई राष्ट्रिय गौरवको आयोजना निर्माण गरी त्यसको कार्यान्वयन नेपाली सेनाको जिम्मा लगाई पूरा गर्नुपर्ने राय अधिकांश स्थानीय समुदायको रहेको छ ।


२०५२ सालदेखि कलकलवा बन्ड बाँधियो, त्यहाँदेखि नै गाउँ नै डुबान सुरु भयो र राप्ती नदीले कटान पनि बढी गर्न थाल्यो । अहिलेसम्म निरन्तर बस्तीतिर राप्ती नदी पसिरहेको छ र नदी नियन्त्रणको प्रभावकारी कुनै काम पनि भएको छैनन् । मानिस बग्न थालेपछि सरकारी कर्मचारीहरू हेलिकप्टर चढेर आउँछन् । यो बस्ती सुरक्षित स्थानमा सारेर पुनर्वास गराउने, पक्की घर निर्माणका लागि सहयोग गर्ने, भारतले अन्तर्राष्ट्रिय कानुन विपरीत बनाएको बाँधको क्षति भारतबाट माग्ने र नेपाली जनताहरूको क्षतिको क्षतिपूर्ति दिलाउनेतर्पm नेपाल सरकारले काम नगरेको स्थानीय ध्रुवराज शर्मा बताउँछन् ।

लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले निम्त्याएको विनास बारे बताउँदै भन्नुहुन्छ– जग्गा कटान हँुदै गएको छ । पहिले धेरै जग्गा हुनेहरू पनि अहिले सुकुम्बासी हुने अवस्थामा पुगेका छन् । घरमा राखेको अन्न सधैँ डुबेर नष्ट हुन्छ । डुबानमा पर्दा अधिकांश कच्ची घरहरू नष्ट हुन्छन् र पशुपालन सबै समाप्त हुन्छ । बाढीको समयमा शुद्ध खानेपानीको अभावमा मानिसहरू बिरामी पर्ने र  रोग महामारीको आतङ्क सृजना हुन्छ । विषालु खालका सर्पहरू देखिन्छन् र बालबालिका र महिलाहरूको विचल्ली हुने गरेको पीडितहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चम्फासिंह भण्डारी
चम्फासिंह भण्डारी
लेखकबाट थप