प्रचारको पर्खाइमा सन्दकपुर गाउँपालिका

नरेशराज खतिवडा
काठमाडौँ – सन्दकपुर गाउँपालिका पूर्वी नेपालको इलाम जिल्लाका १० स्थानीय निकाय मध्ये एक हो । पूरानो माइमझुवा, सुलुबुङ्ग, माबु, जमुना र माइपोखरी मिलेर बनेको इलामको सुदुरपुर्बी भागमा अवस्थित २७.०० उत्तरी अक्षांश र ८७.९ पूर्वी देशान्तरमा समुद्री सतहबाट १८०० देखि ३६३६ मिटर उच्चाइमा क्षेत्रफल १५६.२ बर्ग किलोमिटर र करीब १७ हजार जनसंख्या रहेको छ। सीमामा पूर्वमा भारत, पश्चिम इनपा, उत्तर पाँचथर जिल्ला र दक्षिणमा जोगमाइ गापा र इलाम नगरपालिकापा पर्दछ।
सन्दकपुर प्राकृतिक सौन्दर्यले भरिपूर्ण इमालको एक बिशेष पर्यटकीय क्षेत्र हो ।यहाँ बिश्व रामसार सूचीमा सूचीकृत माइपोखरी (२१२१मि) रामसार क्षेत्र, इलामकै सबैभन्दा अग्लो शिखर सन्दकपुर (३६३६ मि), छिन्तापु (३३५३मि), टप्पु, माबुथाम, हागेथाम, जौबारी र नेपालको दोस्रो अग्लो झरना टोड्के झरना ( २७८फिट), जमुनाको ढाप पोखरी, कालपोखरी, सुकेपोखरी, लामपोखरी ,हासपोखरी लगायतका अत्यन्त्यै रमणीय मनमोहन क्षेत्र रहेका छन्।
यहाँ विशेष गरेर माइपोखरीमा ठूलो एकादशी र नयाँ बर्षमा विशेष मेला र जमुनामा कागेमेला लाग्ने गरेका छन् । प्रत्येक गाउँमा हप्तेमेला पनि लाग्ने गरेका छन् । उदाहरणको लागि देउराली शुक्रबारे, माइमझुबा बुधबारे, माबु सोमबारे, जमुना बुधबारे, जौबारी बिहिबारे हाट लाग्ने गरेका छन्।
यहाँबाट अधिकांश मानिस कृषि काम गर्दछन् भने धेरै सिङ्गापुर पुलिस, ब्रिटिस आर्मी, इन्डियन आर्मी, नेपाल प्रहरी र आर्मीमा सेवारत छन्।
सन्दकपुर भौगोलिक रुपमा केहि बिकट भएपनि अधिकांश घरमा कच्ची मोटरबाटो, स्वच्छ खानेपानी ,पक्की ट्याइलेट, बिद्युत सुबिधा र विद्यालयको सेवा उपयोग गर्दैआइरहेका छन् । यहाँ एक उच्च मावि, ४ मावि र प्रायः वडै पिच्छे प्राथमिक विद्यालय, ५ हेल्थपोष्ट र एक प्रहरी चौकी रहेको छ।
यहाँ प्रायः चिया, अलैँची, अम्लिसो, अदुबा, अकबरे,आलु, किवी, लोक्ता, लोडसल्ला, जडिबुटी चिराइतो आदी मुख्य उत्पादन हुन् ।
यहाँ गुरुङ, राई, क्षेत्री, बाहुन, तामाङ, लिम्बू, सुनुवारलगायतका विभिन्न जातजातिको विविधतामा एकता भएर मिलेर बसोबास गरेको क्षेत्र हो। यहाँ बिशेष हिन्दु ,बौद्ध धार्मिक बाहुल्य क्षेत्र हो हाल आएर केही क्रिश्चियन समुदाय पनि रहेका छन् । बिशेष माइपोखरी, माइको उद्गम स्थल माइको शिर, सरस्वती भगवति मन्दिर, माबु बौद्ध गुम्बा, जमुना बौद्ध गुम्बा, फेमेगुरु बौद्ध गुम्बा यहाँका प्रमुख धार्मिक स्थल हुन्। यहाँ सबै जातजाति र धार्मिक सहिष्णुताको एक नमुना क्षेत्र हो। यहाँ किरात नाँच, बालन नाँच, लिम्बू नाँच ,देउसीभैलो यहाँका बिशेष चिनारी हुन् ।
सन्दकपुर एक प्रमुख पर्यटकीय क्षेत्र हो । इलाम सदरमुकाम बाट ३६ किलोमिटर उत्तरमा पर्ने यहाँ २८ प्रकारका लालिगुरास ,विभिन्न जडिबुटी, विश्वको दुर्गम रेडपाण्डा लगायत सूर्योदय ,सूर्यास्त र विभिन्न हिमालहरु कञ्चन जङ्घा, कुम्भकर्ण, मकालु हिमालको मनमोहन दृश्यका साथै नेपाल, भारत, भुटानका विभिन्न भाग मज्जाले नियाल्न सकिन्छ। यहाँ बसन्त र शरद ऋतुमा नेपाल भारत, भुटान, पाकिस्तान, अमेरिका, युरोप लगायतका हजारौं पर्यटन आउने गरेका छन् । अझ सन्दकपुरको पर्यटनको मात्र राम्रो प्रचारप्रसार र बिकास गर्न सके सम्पूर्ण नेपालको विकासमा कोसेढुङ्गा साबित हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुपर–३ चरणको अन्तिम खेलमा नेपाललाई थाइल्यान्डले दियो १५९ रनको लक्ष्य
-
ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु
-
महिला–महिलाबिच मात्र प्रतिस्पर्धा हुने गरी निर्वाचन क्षेत्र छुट्टाइनुपर्छ : विष्णुदेवी पुडासैनी
-
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
-
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा जापान प्रस्थान
-
ईभीमा कर बढाउने तयारी, कार्बन व्यापारमा सरकारी नीतिको विरोधाभास