शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

चाँगुनारायण नगरपालिकाको बजेट ९६ करोड २८ लाख

आइतबार, १० असार २०७५, १७ : ५६
आइतबार, १० असार २०७५

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले तेस्रो नगरसभामा आर्थिक वर्ष २०७५/०७६को लागि कुल बजेट ९६ करोड २८ लाख ७१ हजार रुपैयाको प्रस्तुत गरेको छ ।  जसमा चालूतर्फ १९ करोड ८२ लाख, पुँजीगततर्फ ३६ करोड २० रुपैयाँ विनियोजन गरिएको छ । सशर्ततर्फ रु ३५ करोड २५ लाख ९१ हजार तथा विशेषतर्फ ५ करोड गरि जम्मा खर्च समेत रु ९६ करोड २८ लाख ७१ हजार रुपैया रहेको नगरसभामा जानकारी दिएको छ । 

बजेटको स्रोतहरुमा नेपाल सरकार अर्थ मन्त्रालयबाट प्राप्त वित्तीय समानीकरण अनुदान अन्र्तगत रु १५ करोड ८६ लाख रहेको छ ।  शशर्त अनुदानतर्फ रु ३१ करोड ३ लाख, राजश्व बाँडफाडँ बाट प्राप्त आय ८ करोड २५ लाख ३ हजार रहेको छ । 

आगामी आवमा १६ करोड ७८ लाख ६३ हजार रुपैयाँ राजस्व तथा आन्तरिक आय प्राप्त हुने अनुमान गरिएको नगरसभामा जानकारी दिएको हो ।  अघिल्लो वर्षको अनुमानित बैंक मौज्दात रु ३ करोड, सामाजिक सुरक्षा ९ करोड, प्रदेश सरकारबाट ८७ लाख ४३ हजार (समानीकरण) रुपैयाँ बजेट छुट्याएको छ । 

सशर्तबाट ४ करोड २२ लाख ९१ हजार विषेशबाट ५ करोड तथा राजस्व बाँडफाँडबाट प्राप्त २ करोड २६ लाख रहेको छ ।  नगरसभामा आर्थिक विधेयक २०७५ प्रस्तुत गर्दै राजस्व परामर्श समितिका सदस्य तथा वडा नम्बर २ वडाका वडाअध्यक्ष शिवहरि केसीले नगरसभामा प्रस्तुत कुनै बुँदा प्रदेशसँग बाझिएको खण्डमा प्रदेश कानुनअनुसार हुने बताएका छन् । 

उक्त नगरसभामा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिका सदस्य तथा वडा नम्बर ८ का वडाअध्यक्ष परासर सापकोटा नगरसभामा आगामी आर्थिक वर्षको लागि व्यवको अनुमानित बजेट प्रस्तुत गरेका छन् । 

नगरसभामा नीति तथा कार्यक्रमको सार्वजनिक गर्दै नगर उपप्रमुख विणा बाँस्तोलाले नगरपालिकालाई योजनावद्ध ढंगले विकास गर्न भू–उपयोग नीति अन्तर्गत कृषि उत्पादन क्षेत्र, औद्योगिक क्षेत्र, आवास क्षेत्र हरियाली क्षेत्र लगायतको पहिचान गरी नयाँ व्यवस्थित शहर अवधारणालाई यथाशिघ्र शुरु गराउन पहल गरिने बताएकी छिन् । 

नगरप्रमुख सोमप्रसाद मिश्रले आगामी चार वर्षभित्र चागँुनारायण नगरपालिकालाई आर्थिक सम्वृद्ध, विकसित बनाउने उद्देश्यले नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको बताए । नगरप्रमुख मिश्रले पर्यटकीय क्षेत्रमा पूर्वाधारहरुको विकास गरी पर्यटकबाट उठेको कर पर्यटकीय क्षेत्रमै लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप