बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ड्राइभिङमाथिको प्रतिबन्ध हटेपछि साउदी महिला नयाँ स्वतन्त्रताका लागि तयार (फोटोफिचर)

आइतबार, १० असार २०७५, १२ : ०९
आइतबार, १० असार २०७५

दशकौंपछि अन्ततः साउदीमा महिला आफैंले ड्राइभ गर्न पाएका छन् ।

गत सेप्टेम्बरमा महिला ड्राइभिङमाथि प्रतिबन्ध हटाइने बारे घोषणा गरिएको थियो । साउदी अरेबियाले यो महिनाको सुरुवातमा महिलालाई पहिलो लाइसेन्स प्रदान गरेको थियो ।

संसारमा साउदी एकमात्र राष्ट्र थियो जहाँ महिलाले गाडी हाँक्न पाउँदैनथे ।

यद्यपी, महिलाले ड्राइभिङ गर्न पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका अधिकारकर्मी अझै पनि हिरासतमा राखिएको मानवअधिकार समूह एम्नेस्टीले बतायो ।

पक्राउ पर्नेमा चर्चित लौजेन अल–हाथलाउल पनि छिन् जसले महिलाको ड्राइभिङ अधिकारमाथि लामो समयदेखि वकालत गर्दै आएकी छिन् ।

साउदी अरबमा मानव अधिकारवादी संस्थाले निकै लामो संघर्षपछि यसमा विजय हाँसिल गरेका हुन् ।

सन् १९९० मा रियादमा गाडी चलाएको भन्दै दर्जनौं महिलालाई पक्राउ गरिएको थियो । सन् २००८ देखि साउदी महिलाले आफूले गाडी चलाएको फोटो र भिडियो सोसल मिडियामा पोष्ट गर्न थालेका थिए जसले सन् २०११ र २०१४ मा  उग्र रुप लियो ।

महिला ड्राइभिङ प्रतिबन्ध हटेपछि अब हज्जारौं महिलालाई साउदी अरबको बाटोमा गाडी गुडाइरहेको देख्न सकिन्छ ।

‘यो प्रत्येक साउदी महिलाका लागि ऐतिहासिक क्षण हो,’ साउदी टेलिभिजनकी प्रस्तोता सबिका अल–दोसारीले एएफपी समाचार एजेन्सीलाई भनिन् ।

आइतबार मध्यराती ड्राइभिङ प्रतिबन्ध फुकुवा भएको केही मिनेटमा नै गाडी चलाएको सबिकाले बताइन् । उनीजस्तै अन्य थुप्रै महिलाले राती नै गाडी चलाएका छन् ।

‘मलाई निकै अचम्म लागिरहेको छ र म अत्यधिक खुसी छु । अहिले यस्तो गर्न पाउँदा म गौरव महसुस गरिरहेको छु । हामी नयाँ स्वतन्त्रताका लागि तयार छौं,’ २३ वर्षीया मजदुलिन अल–एटिक भन्छिन् ।

‘ड्राइभरलाई लामो समयसम्म कुर्नुपर्ने दिन गए अब,’ २१ वर्षे फार्मेसीकी विद्यार्थीले भनिन्, ‘अब हामीलाई पुरुष चाहिँदैन ।’

तस्बिरः रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप