शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पराजयपछि अर्जेन्टिनाका समर्थकले थुके, मेस्सीलाई सन्यास लिन सुझाव

शुक्रबार, ०८ असार २०७५, ०९ : २७
शुक्रबार, ०८ असार २०७५

एजेन्सी । क्रोएसियासँग ३–० को लज्जास्पद हारपछि अर्जेन्टिनाका समर्थकहरु टोलीसँग क्रुद्ध बनेका छन् ।

क्रोयसियाका एन्टे रेबिकले दोस्रो हाफको ५३ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै लुका मोड्रिचले खेलको ८० औं मिनेटमा दोस्रो गोल गरेका थिए भने ९१ औं मिनेटमा इभान रयाकिटिचले तेस्रो गोल गरेका थिए । 

यतिबेला खेलपछि अर्जेन्टिनाका समर्थकहरुले थुक्दै गरेको तस्विर समेत सार्वजनिक भएको छ । उनीहरुले टनेलमा प्रवेश गर्दै गरेका खेलाडीहरुमाथि थुकेको बताइए पनि त्यो अझै पुष्टि भने हुन सकेको छैन ।

उता, क्रोएसियाबिरुद्ध कमजोर प्रदर्शन गरेका कप्तान लियोनेल मेस्सीलाई फ्यानहरुले अब फेरि सन्यास लिन सुझाव दिइरहेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप