बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

विवादका कारण ‘रोजी’को छायाँकन अनिश्चित

बिहीबार, ०७ असार २०७५, ११ : ४९
बिहीबार, ०७ असार २०७५

काठमाडौँ । विवादका कारण छायाँकन रोकिएको चलचित्र ‘रोजी’को छायाँकन दिन प्रतिदिन अनिश्चित बन्दै गइरहेको छ । रोजी महर्जन हत्याकाण्डमा आधारित रहेर निर्माण थालिएको चलचित्रको छायाँकन  निर्माण संस्था र रोजी परिवारबीच भएको विवादका कारण केही दिन पहिले रोकिएको थियो । 

चलचित्र बिकाश बोर्डले निर्माण युनिट, रोजीको परिवार र ज्याँपू समुदायलाई एक ठाउँमा राखेर विवाद मिलाउने प्रयास गरेपनि उक्त प्रयास सफल हुन सकिरहेको छैन । 

बुधबार पनि चलचित्र विकास बोर्डमा भएको त्रिपक्षिय वार्तामा रोजी परिवारले चलचित्रको शीर्षक नै परिवर्तन गर्नु पर्ने लगायतका केही अडान राखेपछि एक महिना पछि गर्ने भन्दै वार्ता रोकिएको विकाश बोडले जनाएको छ । 

रोजी परिवारले चलचित्रको मूर्हुतको समाचार बाहिर आएदेखिनै निर्माणको विषयमाथि आपत्ति जनाउँदै आएका छन् । चलचित्र विकास बोर्डमा रोजी परिवारले छायाँकन रोक्न निवेदन हालेपछि केही पहिले विकाश बोडले छायाँकन रोकेको थियो । 

चलचित्र रोजीका निर्माता निर्देशक निरक पौडेलले चलचित्रको छायाँकन रोक्न नहुने बताएका छन् । ‘छायाँकन रोकिदा लाखौँको नोक्सानी भएको छ,’ निर्देशक पौडेलले भने ‘यसको पुर्ती कस्ले गर्छ ।’ 

रोजीका परिवारले चलचित्रको नाम परिवर्तन गरेर छायाँकन गर्न सकिए बताए ।

गोपीकृष्ण मुभिज प्रा.लिको ब्यानरमा निर्माण भईरहेको चलचित्र ‘रोजी’ प्रदीप खड्का, पारमिता राज्य लक्ष्मी राणा, मिरुना मगर, कर्मा, बरुण लगायतका कलाकारले अभिनय गरिरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप