बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोचक मोडमा समूह ‘बी’ : यस्तो छ स्पेन, इरान र पोर्चुगलको नकआउट पुग्ने अंकगणित

बिहीबार, ०७ असार २०७५, ०८ : ४५
बिहीबार, ०७ असार २०७५

काठमाडौँ । समूह चरण अन्तरगत दोस्रो राउण्डको खेल समाप्त भएसँगै विश्वकप २०१८ को समूह बीको स्थिति रोचक मोडमा पुगेको छ ।

समूहमा रहेको मोरक्को दुई खेलमा पराजित हुँदै बाहिरिएपनि बाँकी तीन टोली स्पेन, इरान र पोर्चुगलको नकआउट चरणमा पुग्ने सम्भावना जिवितै रहेको छ ।

प्रत्येक टोलीले दुई खेल खेल्दा मोरक्को इरान र पोर्चुगलसँग झिनो अन्तरको हार बेहोर्दै अंकविहीन रहेको छ । योसँगै मोरक्को प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो ।

यता, दुई खेलपछि पोर्चुगल र स्पेनको समान ४ अंक रहेको छ भने इरानको ३ अंक रहेको छ ।

अब इरानले पोर्चुगलको सामना गर्नेछ भने स्पेनले मोरक्कोको । 

अब नकआउट चरणमा पुग्न यस्तो छ तीन टोलीको सम्भावना

१. स्पेन र पोर्चुगल
स्पेन र पोर्चुगललाई नकआउट चरणमा पुग्न अब बाँकी एक खेलमा कम्तिमा बराबरी गरे मात्रै पनि पुग्छ । दुवै टोलीले अन्तिम खेल बराबरी गरेको अवस्थामा बाँकी खेलमा कुन टोलीले कति गोल गर्छ भन्ने कुराले समूह विजेतको निर्धारण गर्नेछ ।

पोर्चुगलले इरानलाई पराजित गरे, स्पेन मोरक्कोसँग हारे पनि केही फरक पर्ने छैन । यस्तो अवस्थामा पोर्चुगल समूह विजेता बन्नेछ ।

पोर्चुगल र स्पेन दुवै विजयी बनेको खण्डमा गोलले समूह विजेता निर्धारण गर्नेछ भने पोर्चुगलले बराबरी र स्पेनले जीत हासिल गरे स्वतः स्पेन समूह विजेता बन्नेछ ।

२. पोर्चुगल र इरान
पोर्चुगल र इरानबीचको खेल बराबरी भएको अवस्था र स्पेन मोरक्कोसँग दुई गोल वा सोभन्दा बढीको अन्तरले पराजित भएको खण्डमा इरान र पोर्चुगल दुवै नकआउट चरणमा पुग्नेछन् ।

यस्तोमा पोर्चुगल ५ अंकसहित समूह विजेता बन्नेछ भने इरानले गोलअन्तरको आधारमा स्पेनलाई उछिन्नेछ ।

इरानले पोर्चुगललाई थोरै गोलअन्तरले हरायो र उता स्पेन धेरै गोलअन्तरले हार्यो भने पनि पोर्चुगल र इरान अर्को चरणमा पुग्नेछ । यस्तोमा इरान समूह विजेता बन्नेछ ।

३. इरान र स्पेन
अन्तिम खेलमा इरानले पोर्चुगललाई हराएको खण्डमा र उता, स्पेन विजयी वा बराबरी भएको खण्डमा इरान र स्पेन अर्को चरणमा पुग्नेछन् ।

स्पेन अन्तिम खेलमा विजयी बने स्पेन समूह विजेता बन्नेछ । तर, बराबरी मात्र गरे र उता इरान विजयी भयो भने इरान समूह विजेता बन्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप