बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘मेरी मामु’को मुहूर्त

सोमबार, ०४ असार २०७५, १३ : २८
सोमबार, ०४ असार २०७५

काठमाडौं । चंखे शंखे पंखेको अलवा प्रेम गीतका दुई सिक्वेल बनाएको ब्यानर आसुसेन फिल्मस्ले निर्माण गर्न लागेको चौथो चलचित्र  प्रस्तुती ‘मेरी मामु’ को शुभमुहूर्त गरिएको छ । 

सोमबार चलचित्रको शुभ मुहर्तसँगै सुटिङ समेत सुरु गरिएको छ । काठमाठडौको जोरपाटीमा गरिएको मुहूर्तमा पुरानी अभिनेत्री भुवन चन्दले क्ल्याप हानेकी थिइन् भने प्रेम गीत २ का निर्देशक रामशरण पाठकले  एक्सन भनेका थिए ।

यम थापाको कथा तथा निर्देशन रहेको चलचित्र ‘मेरी मामु’ मा निर्माता सेनका ६ वर्षिय छोरा आयुव सेनको मुख्य भूमिकामा रहनेछन् ।  बाल मनोविज्ञानमा पारिवारिक कथामा बन्न लागेको चलचित्रमा अश्लेशा ठकुरी, सारुक ताम्राकार, नव नायिका कुसुम गुरुङ र दुर्गा मल्लको अलवा अभिनेत्री भुवन चन्दको समेत अभिनय रहनेछ । 

कल्याण सिंहको संगीत, पुरुषोतम प्रधानको छायाँकन रहेन चलचित्रका लागि मेसी नामको गोल्डेन रेटिभ जातको कुकुर पनि अभिनयका लागि थाइल्याण्डबाट ल्याइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप