हाडनाता प्रेमको परिणाम : एकै साथ देहत्याग र अन्त्येष्टि, प्रहरी पनि विवादमा तानियो !
गुल्मीको छिमेकी जिल्ला प्युठानमा दाजु बहिनीबीच प्रेम सम्बन्धलाई स्थानीयले असफल पार्न खोजेपछि दुवैजनाले एकैसाथ विष सेवन गरेर आत्महत्या गरेका छन्् ।
झिम्रुक गाउँपालिका वडा नम्बर ५ नेपाने निवासी २३ वर्षे एक युवक र १७ वर्षीया युवतीले विषसेवन गरेका हुन् ।
विष सेवनबाट शनिबार उनीहरूले देह त्याग गरेपछि आइतबार परिवारले सहमति गरेपछि घटना बाहिर आएको हो ।
सहमति पश्चात परिवारले सोमबार बिहान शव बुझेर एकै साथ झिम्रुक घाटमा अन्त्यष्टि गरेका छन् ।
प्रेमी बनेका दाजुको शव र प्रेमिका बनेकी बहिनीको शवमा दुवैका परिवारजनले दागबत्ती दिइरहँदा कोलाहाल मच्चिएको छ ।
उनीहरू करिब सय मिटर टाढा घरधुरी र १३ दिने दाजुभाइका छोराछोरी रहेका थिए ।
यस्तो छ घटना विवरण
उनीहरू जेठको अन्तिम सातातिर भागी विवाह गरी भारततिर हिँडेका थिए ।
त्यस क्रममा उनीहरूलाई कपिलवस्तुको कृष्णनगर नाकामा पुग्दा माइती नेपाल भन्ने संस्थाले रोक्यो ।
त्यसपछि ती युवाको घरमा सो संस्थाले फोन ग¥यो । उनकी आमाले उनीहरू दाजुबहिनी हुन उपचार गर्न हिँडेकाले छाडिदिन अनुरोध भएपछि संस्थाले छाडिदियो ।
त्यसपछि उनीहरू दुवै जना भारतको दिल्ली पुगे ।
त्यसको केही दिनपछि फेरि युवतीकी आमाले माइती नेपाल पुगेर मेरो सहमतिविना किन छाडियो भनेर आक्रोश पोखिन् ।
त्यसपछि फर्केर उनले झिम्रुक–५ मा रहेको इलाका प्रहरी कार्यालय मच्छीमा गएर हाडनाता करर्णीविरुद्धको उजुरी दिइन् ।
प्रहरीले दुवै पक्षका अभिभावकलाई झिकायो ।
युवतीकी आमाको माग बमोजिम प्रहरीले युवकको परिवारलाई एक हप्ताभित्र उनीहरूलाई भारतबाट झिकाए ।
जेल हाल्नेसम्मको धम्की दिए ।
अन्ततः दुवै जना त्यहाँबाट हिँडे ।
युवाका भाइ कृष्णनगरसम्म लिन गएका थिए । उनले दुवै जनालाई मच्छी इलाका प्रहरी कार्यालयमा जेठ–३० गते साँझ बुझाए ।
अर्को दिन युवतीले म भारतमा बस्ने भएकाले १३ दिने दाजुभाइ भएको आफूलाई थाहा नभएर माया प्रेम बस्न गएको बताइन् ।
युवाले त्यस गाउँका कतिपय घटनाको उदाहरण दिँदै भने– ‘अरूले भाउजु र आमा पर्नेसम्मलाई लगेका छन् भने हामीलाई किन रोक्नु हुन्छ ? हामी एकअर्काबिना बाँच्नै नसक्ने भएका छौं ।’
उनको यस्तो भनाइले गाउँले थप आक्रोशित भएर उनीहरूलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय विजुवार लैजान माग राखे ।
त्यहाँबाट शिभिल पोसाकमा एकजना प्रहरी जवानको साथ लगाएर उनीहरूलाई सार्वजनिक सवारी साधनमा राखेर लगियो ।
सुरक्षाकर्मीको निगरानी
जिल्ला प्रहरी कार्यालयका प्युठानका प्रमुख डीएसपी राजेन्द्र पोखरेलसँग सम्पर्क राख्दा उनले ती दुवैलाई हिरासतमा नलिई सामन्य निगरानीमा राखेर जिल्ला प्रहरी कार्यालय ल्याउन लागेको बेला दुखद् घटना घटेको बताए ।
उनले भने– ‘हिजो आइतबार एक खालको सहमति बनेर शव बुझेर लैजानु भएको छ, उहाँहरूले प्रहरीको कमजोरीमा दुवै जनाको ज्यान गएको भन्ने आरोप लगाउनुभएको छ । तर, उनीहरू हिरासतका पात्र थिएनन् ।’
सामन्य निगरानीमा राखेर मच्छी प्रहरी चौकीका जवानले जि.प्र.का. ल्याउँदै गर्दा उनीहरूले बाटोमा विष सेवन गरेर यस्तो दुखद् घटना भएको प्रहरीको भनाइ छ । तर दुवै अभिभावकका पक्षबाट स्थानीय समाजसेवी दानबहादुर जिसी मच्छी प्रहरी चौकीका जवानको चरम लापरवाही भएको आरोप लगाउँछन् । उनले भने– ‘प्रहरीको निगरानीमा भएका दुवै जनाले विष सेवन गर्दा के हेरेर बसे ? के यही हो सुरक्षा ?
उनी भन्छन्– ‘प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरेको रोहवरमा बसेको बैठकले गरेको कागजपत्रमा संस्थागत कमजोरी मात्रै स्वीकार गरियो । तर ती प्रहरी जवानको कमजोरी उल्लेख गरिएन । त्यसपछि अभिभावकहरूले उक्त कुरा उल्लेख नगरेसम्म सहमति नगर्ने अडान लिइयो । त्यसपछि निजलाई कारवाही गर्ने लिखित सहमति भएपछि मात्र शव उठाइको हो ।’
उनका अनुसार बाटोमा जाँदै गरेको अवस्थामा उनीहरू मरनथाना भन्ने स्थानमा ओर्लिए । त्यसपछि बागदुला भन्ने स्थानमा फेरि ओर्लिए । त्यहाँ ओर्लेर उनीहरूले नास्ता खान्छौँ भने । केरा र पानी खाए । युवतीलाई रजस्वला भएको भन्दै शौचालयमा कपडा फेर्छु भनिन् र शौचालय पसिन् ।
युवती बाहिर निक्लेलगत्तै युवा पनि शौचालय पसेर बाहिरिएका थिए । त्यहाँबाट हिँडेका उनीहरूलाई कृषि विकास कार्यालय नजिक ओरालियो । त्यहाँ उनीहरू पानी पिउँदै एक आपसमा हाँस्दै जिस्किँदै थिए ।
त्यसपछि नजिकै रहेको जिल्ला प्रहरी कार्यालयको मुद्दाफाँटमा ल्याइयो । सोधपुछ गर्दागर्दै युवतीले वान्ता गर्न थालिन् । उनलाई उनका प्रेमी र प्रहरीले समातेर बाहिर लगे, लगत्तै उनका प्रेमीले पनि वान्ता गर्न सुरु गरे ।
त्यस क्रममा युवाले प्रहरीलाई आफूहरू दुवैले विष सेवन गरेको बताएको प्रहरीको भनाइ आए पनि प्रहरीबाहेक सुन्ने देख्ने सर्वसाधरण अरू छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब