प्रियंका चोपडामाथि न्यूयोर्कको सडकमा यस्तो व्यवहार ? थाहा पाउनुस् वास्तविकता
प्रियंका चोपडाले आफ्नो तेस्रो हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक’ को सुटिङ सुरु गरेकी छिन् । उनलाई मंगलबार न्यूयोर्क सिटिमा फिल्मको सुटिङ गरिरहेको देखिएको छ ।
इन्टाग्राममा सार्वजनिक गरिएका तस्बिरमा प्रियंकालाई नायक एडम डिभाइनसँगै देखिएको छ । तस्बिर हेर्दा उनी कुनै समस्यामा फसेको जस्तो देख्न सकिन्छ । उक्त फिल्म न्यूयोर्क शहरको एक आर्किटेक्ट नटालीको जीवनमा आधारित छ जो आफ्नो पहिचान बनाउनका लागि जुझिरहेकी छिन् ।
न्यूज एजेन्सी आइएएनएसले एक बयान जारी गर्दै न्यू लाइन सिनेमाको रोमान्टिक कमेडी फिल्म ‘इजन्ट इट रोमान्टिक’ को प्रिन्सिपल फोटोग्राफी टोड स्ट्राउस–स्चुल्सनको रेखदेखमा सुरु भएको हो ।
फिल्मको यो पहिलो दृश्य न्यूयोर्कमा नै छायांकन गरिएको हो । फिल्ममा प्रियंकाका साथै रेबेल विल्सन, लिआम हेम्सवर्थ र एडम डिभाइन मुख्य भूमिकामा हुनेछन् । उक्त फिल्म सन् २०१९ मा भ्यालेन्टाइन डे को मौकामा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद