शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्र एमालेमा विलय भएकै हो : मोहन वैद्यको अन्तरवार्ता

आइतबार, ०३ असार २०७५, १३ : २७
आइतबार, ०३ असार २०७५

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ यतिबेला सङ्गठन निर्माणमा छन् । उनलाई एमाले र माओवादी मिलेर नेकपा बनेपछि कम्युनिस्ट आन्दोलन सशक्त ढङ्गले उठान गर्नुपर्ने भन्ने लागेको छ । एमाले–माओवादी एकता, अबको कम्युनिस्ट आन्दोलन र उनको निजी जीवनका केही पक्षबारे बबिता शर्माले किरणसँग गरेको कुराकानी । 

२०७५ जेठ ३ गते नेपालका दुई ठूला कम्युनिस्ट पार्टी मिलेर नेकपा बनाएका छन् । उनीहरूले यसलाई समाजवादमा जाने ऐतिहासिक कदम भनेका छन् । तपाईंको विचारमा नेपाली कम्युनिस्ट आन्दोलनका लागि एमाले–माओवादी एकता भएको जेठ ३ गते कस्तो दिन हो ?

उहाँहरूले एकतालाई कम्युनिस्ट आन्दोलनको ऐतिहासिक कदम र महत्वपूर्ण दिन भन्नुभयो तर मलाई त्यस्तो लाग्दैन । एमाले र माओवादीको विचार मिल्दै आयो एकता गर्नुभयो, त्यो ठिकै छ । उहाँहरूमा थुपै्र विचलन छन् । त्यसैले यो एकतालाई दक्षिणपन्थी र अवसरवादी धारकाको एकताका रूपमा लिएका छौँ । भन्न त उहाँहरूले कम्युनिस्टहरूको एकता भन्नुभयो, नाम पनि नेकपा राख्नुभयो । तर यो एकतालाई क्रान्तिकारी कम्युनिस्टको एकता मान्दैनौँ । अझ खासमा भन्ने हो भने माओवादी एमालेमा विलय भयो । समाजवादमा जाने भनेर भन्दिनलाई त के भयो र ? उहाँहरूले कस्तो समाजवादमा जाने भन्नुभएको हो ? समाजवाद धेरै प्रकारका छन् । जस्तो काल्पनिक समाजवाद, प्रतिक्रियावादी समाजवाद, सुधारवादी समाजवाद, वैज्ञानिक समाजवाद आदि छन् । उहाँहरू बढीमा सुधारवादी समाजवादको बाटोमा जाने कुरा गर्नु भएको होला । तर माक्र्सले भनेको वैज्ञानिक समाजवादमा जाने बाटो बन्द गर्नुभयो । संसदवादलाई मानेर वैज्ञानिक समाजवादको बाटो तय हुँदैन । 

एमालेसँग माओवादीको एकतालाई तपाईंले ‘विलय’ भन्नुभयो । के आधारमा यो निष्कर्षमा पुग्नुभयो ? 

हुन त उहाँहरूले दुई पार्टीको नाम हटाएर एउटै पार्टी बनाउनुभएको छ । बाहिर रूपमा हेर्दा त्यो देखिन्छ । सारमा हेर्दा जुन बेलामा हाम्रो माओवादी थियो, हामीसँगै थियौँ । सँगै हुँदा एमालेको राजनीतिका विरुद्ध हामीले सङ्घर्ष गरेका थियौँ । एमालेको सैद्धान्तिक राजनीतिक मान्यताको विरोध गरेका थियौँ । अहिले आएर माओवादी केन्द्रका साथीहरू र त्यसको नेतृत्वले आफ्ना कुराहरू सबै छाडेर एमालेका सैद्धान्तिक कुरालाई मानेर गयो । जस्तो, माक्र्सवाद, लेलिनवाद, माओवाद भन्ने गथ्र्यौँ । माओवाद छोडेर माक्र्सवाद लेनिनवाद मात्र भन्ने आयो । यो त एमालेलै ब्रान्ड गरिदियो । एमालेल जनताको बहुदलीय जनवाद अर्थात संसदीय व्यवस्थालाई आधार बनाएको थियो । अहिले फेरि माओवादी केन्द्रले पनि संसदीय व्यवस्थालाई मूल आधार बनाएर गएको छ । त्यस अर्थमा विचार राजनीतिक रूपमा माओवादी केन्द्र एमालेमा विलय भएकै हो । यद्यपि रूपमा भन्दा दुई पार्टीबीचमा एकता भनिएको हो । 

एकतालाई तपाईंले दक्षिणपन्थी र अवसरवादी धारको मिलन पनि भन्नुभयो, कसरी ? 

त्यो त हुँदै हो । अवसरवादी किन भनेको भने उहाँहरूले यही संविधानलाई स्वीकार गरेर जाने भन्नुभयो । शान्तिपूर्ण तरिकाले जाने भन्दैमा माक्र्सवादका थुप्रै मान्यतालाई तोडमरोड भ्रष्टीकरण गर्दै, संसदवादका मान्यतालाई अङ्गीकार गरेका हुनाले त्यो अवसरवादी धारको मिलन भनिएको हो ।

यो सरकारबाट केही आशा छैन । राष्ट्रियताको क्षेत्र  जनजीविका कुरामा यो सरकारले केही काम गर्न सक्ला भन्ने लाग्दैन । राष्ट्रियताको कुरा गर्दा एकदम महत्वपूर्ण पक्ष के हो भने तमाम प्रकारका असमान सन्धि सम्झौता खारेज गर्नुपर्छ । १९५० देखिका सम्पूर्ण सन्धि खारेज गरिनुपर्छ ।

एकताका नकरात्मक र सकरात्मक दुवै पाटा होलान् ? तपाईंका विचारमा सकारात्मक र नकरात्मक पाटा के–के हुन् ? 

उहाँहरूको विचार मिल्यो, दुईवटा पार्टी हुनुभन्दा एउटै बनाउनु ठीक हो । यसलाई सकारात्मक नै भनौँ । विचार मिलेपछि त किन दुईवटा पार्टी बनाइराख्नु पर्यो र ? एउटै बनाउनुभयो, यो ठिकै गर्नुभयो भन्नि लाग्छ । अब नकारात्मकभन्दा उहाँहरूले कम्युनिस्ट पार्टी भनेर नाम राख्नुभयो । चुनावका बेला वाम गठबन्धन पनि भन्नुभयो । वास्तवमा उहाँहरू कम्युनिस्ट होइन । वाम पनि होइन । त्यो अवस्थामा जनता र कम्युनिस्ट वृत्तमा ठूलो भ्रम छर्ने काम भयो । अहिले नेपालमा कम्युनिस्ट सरकार बनेको छ भन्ने भ्रम भइरहेको छ । त्यसअर्थमा पनि यसलाई नकारात्मक भनिएको हो । जस्तो नेपाली काँग्रेसका आम अखबारहरूले नेपालमा कम्युनिस्ट अधिनायकवाद आयो अधिनायकवाद आयो भनिरहेका छन् । उहाँहरू पनि आफैँ संसदीय व्यवस्थाको कार्यान्वय गर्ने हो भनिरहनु भएको छ । खुद उहाँहरू नै हामी संसदवादी हो भनिरहनुभएको छ । यो लोकतन्त्रमा हाम्रो विश्वास छ भनेर उहाँहरूले नै भनिरहनु भएको छ । त्यसकारण पनि जनतामा सरासर भ्रम छर्ने काम भइरहेको छ । नकारात्मक पाटो भनेको त्यहाँ हो । 

२०६९ असारमा तापईंको नेतृत्वमा माओवादी विभाजन भएको थियो । त्यसबेला तपाईंले गरेको पार्टी विभाजन र अहिले प्रचण्डले एमालेसँग माओवादीको एकता गर्नुको केही तार जोड्न सकिन्छ कि ? मतलब, त्यतिबेला गरेको एकता थप पुष्टि भयो भनेर तपाईंहरूलाई राहत मिलेको छ कि ? 

हा हा हा ठीक प्रश्न गर्नुभयो । आखिरमा छोडिएर त्यो बेला ठीकै गरियो भन्ने पुष्टि भएको छ । त्यतिबेला साथीहरूलाई किन छोड्ने हो भन्ने भ्रम थियो । यहीँ बसेर दुई लाइन सङ्घर्ष चलाउनु पर्यो भनेर धेरै साथीहरू भन्ने गर्नुहुन्थ्यो । पार्टीमा बस्दासम्म दुईलाइन सङ्घर्ष धेरै चलाइयो । आखिरीमा केही सीप लागेन, त्यसकारण अलग हुनु ठीक छ भनेर छुट्यौँ । तर अहिले आएर पुष्टि भयो, धेरै राम्रो भयो । त्यो बेला हामीले आन्तरिक रूपमा वैचारिक सङ्घर्ष चालायौँ । आन्तरिक रूपमा वैचारिक सङ्र्घष चलाउँदा उहाँहरू विचलनबाट मुक्त हुने खालका लक्षणहरू हामी पटक्कै देखेनौँ । नत्र हामी पार्टीभित्रै दुई लाइन सङ्घर्ष चालाउँथ्यौँ । अब दुई लाइनको सङ्घर्षको सम्भावना छैन भन्ने प्रष्ट भयौँ र विद्रोह गर्यौँ । अहिले आएर पुष्टि भयो राम्रै लागेछ । 

तपाईंकै नेतृत्वमा माओवादीबाट विद्रोह गरेर आएका तपाईंका दुई सारथिमध्ये बादल पुरानै पार्टीमा फर्किनुभयो । विप्लप बूढाहरूले क्रान्ति गर्न सक्दैनन् भनेर छुट्टै पार्टी बनाउनुभयो । उहाँहरूले छाडेर जाँदाको क्षणलाई कसरी सम्झनु हुन्छ ?

त्यो अलि नराम्रो लागेको छ हेर्नुस् । सबभन्दा पहिला त विप्लवजीहरू अलग हुनुभयो । उहाँहरू अलग हुनुपर्ने अवाश्यकता थिएन जस्तो लाग्छ । उहाँ छुट्टिनुभयो । त्यसमा अलि दुःख लागेको छ । अहिले आएर पार्टी एकताको प्रक्रियामा जानुपर्छ भनेर छलफल चलाएका छौँ । यद्यपि हुने हो हैन, त्यो अगल कुरा हो । तर पनि अब क्रान्तिकारी धारहरू गोलबद्ध हुनपर्छ भन्ने लाग्छ, गर्नुपर्छ भनेर त्यो खालका कदम भएका छन् । अर्कोतिरबाट सँगसँगै आएका बादलजीहरू माओवादीमै गएकोमा दुईवटा कुरा लाग्छ । दुईवटा कुरा के लाग्छ भने हाम्रो बाटो अलि दुःख कष्टको बाटो हो । त्याग बलिदान सङ्घर्षको बाटो हो । उतापट्टिको संसदीय बाटो हो । सत्तामा जाने सरकारमा जाने सजिलो बाटो हो । अब उहाँहरू सजिलो बाटो रोज्नुभयो भन्ने लाग्छ । साथीहरू दुःख गरेर देश र जनतालाई दुःखबाट मुक्त गराउने बाटोमा लाग्नु भएन । माक्र्सवाद कम्युनिस्ट निष्ठाप्रति लाग्नु भएन । उहाँहरू सजिलो बाटो रोज्नुभयो । त्यसकारण पनि अलि दुःख लाग्छ ।  

केही दिनअघि तपाईंको पार्टीका एक जना वरिष्ठ नेताले सरकार वैधानिक निरङ्कुशता ल्याउने अभ्यासमा लागिपरेको गम्भीर आरोप लगाउनुभयो, तपाईंहरूले यस्तो खतरा कसरी देख्नुभयो ? 

त्यो उहाँले कुन प्रसङ्गमा भन्नुभयो, त्यो थाहा भएन । सम्भवत के हो भने संसदीय व्यवस्थाबाट हामीले लोकतन्त्रको कुरा गर्ने र लोकतन्त्रको कुरा गर्दागर्दै यहीँभित्रबाट तानाशाही प्रवृत्ति अथवा निरङ्कुश प्रवृत्ति जन्मिँदै छ भन्ने हिसाबमा भन्नु भए होला । खासगरी अहिलेको सरकारको नेतृत्व गरिरहेका ओलीजीले मभन्दा बाहिर अर्को मान्छे छैन भन्ने हिसाबले सोच्नुहुन्छ । प्रधानमन्त्री त ५ वर्षका लागि होला नि त, हैन र ? सधैँका लागि त होइन । राम्रो काम गर्नुभयो भने अलि लम्बिएला, त्यो अलग । तर के हो भने मभन्दा बाहिर अर्को मान्छे छैन भन्ने ढङ्गले भनेर सोच्नु हुन्छ ।  सबैकाम पूरा गर्छु भन्नु हुन्छ । सीमा पनि त होलान् नि । राम्रै काम गर्छु भन्नेले पनि सक्दैन । उहाँमा दम्भ छ । त्यो दम्भलाई हेर्दा, दुई तिहाइको आडमा जे पनि गर्न सकिन्छ भन्ने हिसाबले प्रस्तुत भएकाले पनि उहाँले निरङ्कुुसता भनेर त्यो भन्नुभएको होला । मेरा विचारमा पनि त्यो खतरा देख्छु । 

कम्युनिस्ट जनमतको बलमा दुई तिहाई बहुमत प्राप्त सरकार छ । तपाईंलाई के लाग्छ, राष्ट्रियता र जनजीविकाका सवालमा यो सरकारबाट केही आशा गर्न सकिन्छ ? 

यो सरकारबाट केही आशा छैन । राष्ट्रियताको क्षेत्र र जनजीविका कुरामा यो सरकारले केही काम गर्न सक्ला भन्ने लाग्दैन । राष्ट्रियताको कुरा गर्दा एकदम महत्वपूर्ण पक्ष के हो भने तमाम प्रकारका असमान सन्धि सम्झौता खारेज गर्नुपर्छ । १९५० देखिका सम्पूर्ण सन्धि खारेज गरिनुपर्छ । नेपालमा वैदेशिक हस्तक्षेप, शोषण, दमन उत्पीडन खासगरी भारतीय विस्तारवादको हस्तक्षेप सबै तिनै सन्धि सम्झौताले गर्दा भएको हो । हाम्रो विकासका लागि जलस्रोत अपार छ । कोशी, गण्डकी महाकाली, अप्पर कर्णली यी सबै गइसके भनौँ । अरूण तेस्रोको पनि संयुक्त रूपमा शिलन्यास भयो । यसरी हाम्रा स्रोत सम्पत्ति दिएर कसरी विकास हुन्छ ? राष्ट्रियताको स्वाधीनताको रक्षाको निम्ति ती असमान सन्धिको खारेज नगरी कसरी हुन्छ ? सीमाको अतिक्रमण असाध्यै बढ्दो छ । तर, प्रधानमन्त्रीजी पटक्कै बोल्नुभएको छैन । जब कि मिडियामा सीमा अतिक्रमणका बारे आएको आयै छ । प्रधानमन्त्री बोल्नु हुँदैन भने त्यहाँ केही छ । 

अर्को कुरा पुष्पकमल दाहाल प्रधानमन्त्री हँुदा भारत गएको बेला २५ बुँदे सम्झौता गर्नुभयो । अहिले ओलीजीले पनि ओके गरेर आउनुभयो । सीमादेखि सन्धि सम्झौताका कुरालाई थाँती राखेर राष्ट्रियताको रक्षा कसरी हुन्छ ? यो गम्भीर कुरा हो । साथसाथै भर्खर मोदी नेपालमा आएका बेला थुपै्र घटना घटेका छन् । ओली प्रधानमन्त्री हुने बेला सुष्मा स्वराज नेपाल आउँदा बहालवाला प्रधानमन्त्रीसँग सल्लाह भएन । सार्वभौम देशमा त बहालवाला प्रधानमन्त्रीसँग सल्लाह नहुने विशिष्ट खालको कुरा भयो । अहिले आउँदा सेक्रेटरी फोर्स मोदीले आफै लिएर आए र तिनी मुस्ताङसम्म पुगे । यसमा धेरै कुराहरू उठेका छन् । त्यसो हुनाले यी कुराहरू गम्भीर हुन् । त्यसैले ओलीजी र यो सरकारले केही सोच्ला भन्ने लाग्दैन । 

उहाँ क्रान्तिबाट थाक्नुभयो । उहाँमा गम्भीर प्रकृतिका विचलनहरू आए । उहाँमा संसदीय व्यवस्था नै ठीक हो भनेर लाग्नुभयो । उहाँमा पलायनवादी, निरासावादी सोच पलायो । थाक्नु भयो र क्रान्तिको भविष्य देख्नुभएन । अब कुनै दिन उहाँहरू जनयुद्ध पनि बेकार रैछ भन्नु हुन्छ । त्यसलाई पनि छोड्नु हुन्छ ।

जनजीविकाको कुरा गर्दा विकास निर्माणका कुरा गर्नुभएको छ । भर्खर बजेट आयो । नेपालको आर्थिक वृद्धि दोब्बर बनाउने भन्ने खालको कुरा छ । अब त्यसको ठोस आधार के हो भन्ने होला नि ? थुपै्र व्यापार घाटा छ । यो व्यापार घाटालाई कम गर्न निर्यातमुखी हुनुप¥यो । त्यसका लागि उत्पादन बढाउनु पर्यो । हाम्रा स्रोत साधन प्रयोग गर्नुपर्यो । स्रोत साधन प्रयोग गर्न सक्ने आधार छैन । अब मानवीय स्रोतसाधनको कुरा गर्ने हो भने झन्डै झन्डै १ करोड नेपाली बाहिर छन् । अब विदेसियका नेपालीलाई यहाँ बोलाएर प्रयोग गर्ने कि नगर्ने ? उत्पादनमा लगाउने कि नलगाउने ? यो कुरा गम्भीर छ । रेमिटेन्समा बाहिर पठाउन पाए बडो गौरवको कुरा गर्नु हुन्छ । यो त उल्टो हुन आउँछ । त्यसैले उहाँहरू सपना त मीठा बाढ्ने गर्नुभएको छ । तर सपनामै सीमित हुने देखिन्छ । 

अर्को फ्याक्टर उहाँहरूले गर्न सक्ने कुरा साम्राज्यवाद द्विपक्षीय छ । अथवा वित्तीयकरणको पक्ष छ । भूमण्डलीकरणको पक्ष छ । निजीकरण र उदारीकरणको कुराहरू छ । निजीकरण र उदारीकरणलाई यथावत राख्नुहुन्छ । यसलाई यथावत राखेर कसरी विकास हुन्छ ? भन्दा यी वाइयात कुरा हुन् । त्यसैले राष्ट्रियता र जनजीविकाको कुरामा केही गर्नसक्नुहुन्न । भोलि गएर उहाँहरूका कुराहरू हाँस्यापद हुन जान्छन् । हो केही विकास निर्माण गर्नुहोला त्यो छुट्टै कुरा हो । हिजो राणाकाल, पञ्चायतकालमा पनि केही विकास भएकै हो । अलिअलि हुँदै जानु त स्वभाविक हो, एउटा गतिमा हुन्छ । अब भर्खर बजेट आयो । यो बजेटमा गुणात्मक छलाङ हान्ने खालको बजेट के आयो त ? हो, मात्रात्मक सुधार वा विकास होला । तर उहाँहरू गुणात्मक छलाङको कुरा गर्नु भएको थियो तर त्यो केही गर्न सक्नुहुन्न । 

भर्खर बजेट पेश गर्नु भयो, त्यसपछि महँगी बढेर गइराखेको छ । पेट्रोलियम पदार्थमा मूल्य बढेको छ । उहाँहरू राष्ट्रियता र जनजीविकाका कुरामा केही गर्न सक्नुहुन्न भन्ने आफै पुष्टि गरिरहनु भएको छ । 

उहाँहरूले विकास, समृद्धि र समाजवादका कुरा गर्नुभएको छ । केही गर्नुहोला नि त ?

भन्नलाई त भन्दिए भयो नि । तर, अहिलेको बजेट हेर्दा विकास र समृद्धिमा केही मात्रात्मक परिवर्तन होला विगतमा जस्तै । तर गुणात्मक छलाङ गर्दैन । अब समाजवाद धेरै किसिमका छन् । सुधारवादी समाजवाद, प्रतिक्रियावादी समाजवाद, वैज्ञानिक समाजवाद, काल्पनिक समाजवाद पनि हुन्छ । अब बढीमा उहाँहरूले सुधारवादी समाजवादको कुरा गर्नुभएको होला । त्यस्तो समाजवादको कुरा गर्नु हुन्छ भने त नेपाली काङ्ग्रेसले पनि प्रजातान्त्रिक समाजवाद भन्दै आएको हो । त्यसकारणले समाजवाद मात्र भनेर हुँदैन । खासगरी वैज्ञानिक समाजवादका मूल्य र मान्यता हुनुपर्छ । वैज्ञानिक समाजवादको बाटो उहाँहरू छोडिसक्नुभएको छ । संसदीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गरेर त्यसको कार्यान्वय गरेर जाने भन्नुभएको हुँदा वैज्ञानिक समाजवाद हँुदैन । 

एमाले–माओवादी एकतापछि प्रचण्डसँग भेट वा फोनमा कुराकानी भएको छ ?

एकतापछि भेट त भएको छैन । एकताको ठीक अघि भेट भएको थियो । फोनमा कुरा एक पटक भएको छ । तर एकताको विषयमा कुरा भएन । 

अब भेट भयो भने के भन्नुहुन्छ ?
अब के भन्ने ? पुराना कुराको यादहरू त थुपै्र छन् । कुनै समय उहाँले सकारात्मक भूमिका पनि निर्वाह गर्नुभयो । पछिल्लो समय उहाँमा विचलन बढ्दै आए । 

भेटेपछि के भन्ने र ? उहाँले नबुझेर गरेको भए पो केही भन्ने हुन्थ्यो । जानाजान आएको विचलनलाई के भन्ने ? त्यसमा केही भन्ने कुरा भएन । एउटा कुरा भन्छु– साँच्चै अब नेपालमा सत्तै पल्टाउने क्रान्ति हुन्छ । त्यो वैज्ञानिक समाजवादमा जाने जनवादी क्रान्ति हुँदा तपाईं के गर्नु हुन्छ ? भनेर एउटा प्रश्न सोध्नुपर्ला उहाँलाई । 

सत्तै पल्टाउने क्रान्ति हुन्छ भन्नुभयो । अहिले तपाईंले नेतृत्व गरेको पार्टीको ग्राउन्डको अवस्था निकै कमजोर छ । यस्तो अवस्थामा त्यस्तो क्रान्ति कसरी सम्भव होला ?

हो, हामी कमजोर छौँ तर अब हाम्रो ग्राउन्ड बन्छ । कसरी बन्छ भने राष्ट्रियता र जनजीविकाका कुरामा उहाँहरू केही गर्न सक्नुहुन्न भन्ने त देखिइसक्यो । जनताले त कम्युनिस्ट भनेर भोट दिए । वामपन्थी भनेर भोट दिए । तर उहाँहरू जनताका काम गर्नु सक्नुहुन्न भन्ने जनताले बुझिसक्न लागेका छन् । भ्रमित पारियो भनेर जनताले भन्छन् । फेरि अर्को आन्दोलनको आवश्यकता जनताले महसुस गर्छन् । यो राजनीतिमा आरोह अवरोह हुन्छ । हो, केही समय उहाँहरू झकिझकाउ हुनु होला तर क्षणिक हो । हो, हामीले पनि बढी मिहिनेत गर्नुपर्छ । मिहिनेत गर्यौँ भने फेरि क्रान्ति गर्न सक्छौँ ।

बाबुरामजी र प्रचण्डजी अलग्गिनुभयो, त्यो जरुरत थिएन । प्रचण्ड र बाबुरामजीको जुन राजनीतिक लाइन कार्यदिशा त्यो एउटै हो । दुवैजना मिलेर संशोधवादी संविधान बनाउनु भयो । उहाँहरूको बीचमा मतभेद नै थिएन । उहाँहरू किन अलग्गिनुभयो ? हो, त्यो उहाँहरूले रिभ्यु गर्नुपर्छ । बाबुरामजीमा क्रान्तिकारीपन छैन ।

तपाईं प्रचण्डलाई नजिकबाट चिन्नुहुन्छ, यो एकता गर्दा प्रचण्डको दिमागमा के कुरा खेले होला ?

यो उहाँमा गम्भीर प्रकारको विचलन हो । उहाँलाई अब सकिँदैन भन्ने भयो । अब क्रान्ति र रूपान्तरण गर्न सकिँदैन भन्ने भयो । अब आफ्नो कल्याण संसदीय व्यवस्थालाई स्वीकार गरेर, त्यही संसदीय व्यवस्थालाई स्थापित गरेर जानुमा नै भन्ने देख्नुभयो । उहाँले विगत विर्सनु भयो । १० वर्षे जनयुद्ध विर्सनु भयो । जनयुद्धका सहिद, घाइते, अपाङ्गहरूको रगत सबैलाई विर्सनु भयो । 

प्रचण्डले थाकेर एकताको कदम चाल्नु भएको होला कि आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नका लागि वा देशमा विकास गर्नका लागि केका लागि एकता गर्नुभयो भन्नेमा बहस छ । यहाँ आफूलाई चाहिँ के लाग्छ ? 

हो, उहाँ क्रान्तिबाट थाक्नुभयो । उहाँमा गम्भीर प्रकृतिका विचलनहरू आए । उहाँमा संसदीय व्यवस्था नै ठीक हो भनेर लाग्नुभयो । उहाँमा पलायनवादी, निरासावादी सोच पलायो । थाक्नु भयो र क्रान्तिको भविष्य देख्नुभएन । अब कुनै दिन उहाँहरू जनयुद्ध पनि बेकार रैछ भन्नु हुन्छ । त्यसलाई पनि छोड्नु हुन्छ । संसदीय व्यवस्था मानेर आफ्नो राजनीति भविष्यको सुनिश्चिता गर्नुभएको हो ।   

राजनीति सम्भावनाको खेल हो पनि भनिन्छ, फेरि तपाईं–प्रचण्ड एकै ठाउँ हुने सम्भावना के छ ? 

अब कुनै सम्भावना देख्दिनँ । यदि उहाँ सच्चिएर गल्ती भयो भनेर आउनुभयो भने असम्भव पनि भएन । तर त्यो सम्भावना ज्यादै न्यून छ ।  

बाबुरामले नयाँ शक्ति पार्टी, नेपाल चलाउनुभएको छ । उहाँसँग ओली–प्रचण्डसँगै जाने, तपाईंहरूतिर आउने वा आफ्नै पार्टी चलाउने विकल्प छन् । तपाईंको सुझाव के छ ? 

बाबुरामजी र प्रचण्डजी अलग्गिनुभयो, त्यो जरुरत थिएन । प्रचण्ड र बाबुरामजीको जुन राजनीतिक लाइन कार्यदिशा त्यो एउटै हो । दुवैजना मिलेर संशोधवादी संविधान बनाउनु भयो । उहाँहरूको बीचमा मतभेद नै थिएन । उहाँहरू किन अलग्गिनुभयो ? हो, त्यो उहाँहरूले रिभ्यु गर्नुपर्छ । बाबुरामजीमा क्रान्तिकारीपन छैन । अहिले प्रचण्डजीले भन्दा बाबुरामजीले अझ बढी माक्र्सवाद काम लाग्दैन भन्नुभयो । माक्र्सवाद र उदारवादलाई मिसाएर नयाँ शक्ति बनाउन पर्यो भन्नुभयो । उहाँहरूमा धेरै कुरा मिल्छ । वाम गठबन्धनमा त बाबुरामजी जानुभएकै हो । उहाँहरूको विचार, लाइन, मान्यता सबै मिल्छ । आखिर भैदियो के भने त गोरखाको चुनावमा प्रचण्डजीले साथ दिनुभएन । बाबुरामजीले गठबन्धन छोड्न् भयो । त्यो त व्यक्तिगत कुरा भयो । फेरि प्रचण्डजीले दिएको भए पनि हुन्थ्यो । त्यसकारण बाबुरामजीको सम्भावना उत्तैपट्टि हो । कुन लेखमा बाबुरामजी तेस्रो धार चाहिएको भन्नुभएको छ । तेस्रो धारै छैन उहाँमा । फेरि किन तेस्रो धार भन्नुभएको हो बेकारमा । संसदीय व्यवस्थामा दुईवटा धार हुन्छन् भने उहाँहरूको संसदवादीधार हो । यहाँ दोस्रो तेस्रो धार केही छैन । पुरानो राज्यसत्ता, पुरानो संसदीय व्यवस्थाको संरक्षण गर्ने, भारतीय विस्तारवादका हकहितको संरक्षण गर्ने यी सबै एउटै हो, बाबुरामजीको पनि त्यही हो । अब उहाँलाई भन्ने नै हो भने बेकारमा एक्लै भएर किन चुरीफुरी गर्नुहुन्छ भन्ने हो । 

तपाईंका पूर्वसहकर्मी प्रचण्ड, बादल सिंहदरबारतिर हुनुहुन्छ, बाबुराम भाषणमै रमाउनुभएको छ । तपाईं हराएजस्तो हुनुहुन्छ ? 

अब यस्तै हो, हेर्नुस् । यो संसदीय व्यवस्था हो । संसदीय व्यवस्थाभन्दा बाहिर अर्को शक्ति छ भनेर उनीहरू ठान्दैनन् । संसदीय व्यवस्थालाई स्वीकार नगर्ने अर्को शक्ति छ भनेर ठान्दैनन् । यसमा हामीलाई कुनै दुःख लागेको छैन । संसदीय व्यवस्थाभन्दा बाहिर अर्को शक्ति छ भनेर नगन्ने प्रवृत्ति भएका कारण हामीलाई मान्यता नदिएका होलान् । हेर्नुस् हामी चाहिँ विद्रोही हौँ । 

स्वास्थ्य त केही कमजोर भएको छ । तर पनि म त्यस्तो कमजोर छैन । म बाँचुन्जेल राजनीतिमा सक्रिय हुन्छु । हाम्रो राम्रो टिम छ । हामीले छोड्नुपर्ने अवस्था आए पनि अर्को बागडोर तयार भएको छ । 


माओवादीको एमालेसँग एकतापछि अब साङ्गठनिक रूपमै मूल माओवादीको नेतृत्व गर्ने मैदान खाली भएको छ । तपाईंको पार्टीले यो जिम्मेवारी लिन्छ कि अहिले जे जस्तो छ, त्यही तरिकाले पार्टी चलाएर बस्नुहुन्छ ? 

प्रचण्डजीले नेतृत्व गरेको माओवादी एमालेमा लगेर एकता गरेपछि अहिले क्रान्तिकारी माओवादी हामी मात्रै छौँ । अब हामी विगतका कमिकमजोरी गम्भीरतापूर्वक समीक्षा गर्नुपर्छ । अब सङ्घर्षका बीचबाट आफूलाई सुधार गरेर नयाँ तरिकाबाट अघि बढ्नुपर्छ भन्ने लागेको छ । त्यसकारण हामी क्रान्तिकारी धारहरूसँग कार्यगत एकता गर्दै गोलबद्ध हुने छलफलमा छौँ । सच्चाक्रान्तिकारी शक्तिहरूबीच एकता गर्छौं । नयाँ वैकल्पिक शक्ति बनाएर जनतामाँझ आउछौँ । 

विप्लव, गोपाल किराँती, विश्वभक्त दुलालहरूले पनि आफ्नो पार्टी चलाउनु भएको छ । तत्काल तपाईंहरूबीच एकताको सम्भावना केही  छ ? 

विप्लवसँग त कार्यगत एकता भएको छ । अब क्रान्तिकारीहरू सबैसँग एकताको पहल गर्ने दिशामा छौँ । अलि अलि वैचारिक कुरामा फरक त पर्छ । तर पनि हामी गोलबद्ध हुन्छौँ । हामीलाई त त्यही नेकपाभित्र पनि कैयौँ सच्चा क्रान्तिकारी साथीहरू छन् । नेतृत्व मात्र बेठीक हो । हामीले सच्चा क्रान्तिकारी गोलबद्ध हुँदा उहाँहरू पनि आउनुहुन्छ भन्ने लाग्छ । हाम्रो एकता हुन्छ अलिकति समय लाग्ला 

प्रचण्ड सत्तारुढ दलका अध्यक्ष, बादल गृहमन्त्री हुनुहुन्छ । यहीबेला विप्लवमाथि पक्राउ पुर्जी जारी भएको छ ? यो कस्तो संयोग हो ? 

इतिहास हो, यस्तो हुँदो रैछ । बादलजी त हामीसँगै विद्रोह गरेर आउनुभएको थियो । अहिले गृहमन्त्री हुनुहुन्छ । विप्लवलाई प्रक्राउपुर्जी जारी भएको छ, यो विचित्र भएको छ । मलाई विल्कुल राम्रो लागेको छैन । धेरै दुःख लागेको छ । 

स्रोत साधन छैन । पार्टी कसरी चलेको छ ?

अहिलेसम्म त हामी सदस्यहरूको लेबीबाट चलेका छौँ । अब हामी उत्पादनमूलक काममा जोडिँदै छौँ । 

अन्तिममा तपाईंको उमेर पनि ढल्कँदै छ, बिरामी पनि हुनुहुन्छ । राजनीतिबाट सन्न्यास लिने केही सोच बनाउनुभएको छ ? 

स्वास्थ्य त केही कमजोर भएको छ । तर पनि म त्यस्तो कमजोर छैन । म बाँचुन्जेल राजनीतिमा सक्रिय हुन्छु । हाम्रो राम्रो टिम छ । हामीले छोड्नुपर्ने अवस्था आए पनि अर्को बागडोर तयार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप