मार्क्सवादी साहित्यका मुलभूत मान्यता
१. कला कलाका लागि होइन, जीवनको लागि हुनुपर्छ र साहित्य सुन्दरताको बोध र आनन्द प्राप्तिका लागि मात्र होइन, जीवनको उदात्तता र समाजको उन्नतिका लागि हुनुपर्छ भन्ने कुरा माक्र्सवादी साहित्यमा स्थापित मान्यता हो ।
२. भौतिक वस्तुहरू बिचको अन्तरक्रिया र अन्तरघुलनबाट विकसित भएको जीवन र यसको चेतना पनि भौतिक हुन्छ (फेयर्बाख) र त्यसर्थ भौतिक वस्तुहरू बिचको अन्तर्विरोधपूर्ण द्वन्द्वात्मक सम्बन्धको चिन्तनबाट मात्र समाज विकासको गति बुझ्न सकिन्छ भन्ने कुरा पनि माक्र्सवादी साहित्यमा स्थापित मान्यता हो ।
३. भौतिक वस्तुहरूको अन्तरघुलनबाट विकसित चेतना द्वारा उद्घाटित सत्य सापेक्षित हुन्छ र र त्यो चेतनाले अनन्त सत्यहरूको गर्छ । निरप्रेक्ष सत्यको चिन्तन (सत्य) एउटै हुन्छ भन्नु अधिभूतवादी चेतना हो भन्ने मान्यता माक्र्सवादी चिन्तन प्रणालीअन्तर्गत पर्दछ ।
४. हरेक युगले समाजमा, राजनीतिमा र मानिसको जीवन पद्धतिमा ठुल्ठुला परिवर्तनहरू ल्याएको छ । शताब्दी, दशक र वर्षहरूले ती ठुला साना परिवर्तनहरूलाई एकत्रित गर्दै अझ ठुल्ठुला परिवर्तनहरूका लागि आधार तयार परेका हुन्छनर कुनै वस्तु वा शासन सत्ताको अन्त्य हुनका लागि बाहिरी अन्तरबिरोध त तत्कालका लागि कारक तत्त्व मात्र हो, भित्रि अन्तरविरोध चाहिँ प्रमुख हुन्छ भन्ने कुरा पनि माक्र्सवादमा स्थापित मान्यता हो ।
५. हरेक युग परिवर्तनको पछाडि निषेधको निषेधको नियम (हेगेल) लागु भएको हुन्छ र दासयुगको अन्त्य गर्न जसले निषेधको भूमिका खेलेको थियो, अर्काे युगमा त्यही चिन्तन पद्धति निषेधित भएर गयो, र फेरि अर्काे नया युग आयो । सानासाना भौतिक वस्तुहरूमा देखिने गरेको निषेधपछिको निषेधले ठुल्ठुला सामाजिक तथा राजनीतिक युगहरूको परिवर्तन, तिनको फैलावट र अन्त्यलाई प्रतिबिम्बित गर्दछ, जुन तिनीहरू आफैभित्र हुने अन्तरविरोधबाट भएको हुन्छ भन्ने कुरा पनि माक्र्सवादमा स्थापित मान्यता नै हो ।
६. साहित्य समाजको प्रतिबिम्ब हो (लुकास) र कलात्मक तरिकाले सामाजिक यथार्थको प्रतिबिम्ब उतार्नु साहित्यको काम हो । साहित्य मानिसको सामाजिक परिवेशको भौतिक चेतनाको अभिव्यक्ति हो । साहित्य यथार्थपरक हुन्छ । यसले समाजको यथार्थताको चित्रण गर्छ । तर यसले ती यथार्थको मात्र चित्रण गर्छ, जसमा अन्तरविरोधहरूको घनिभूत चित्रण हुन्छ (अडोर्नाे) । त्यसर्थ साहित्यले अन्तरविरोधपूर्ण घटनाक्रम र सामाजिक यथार्थको चित्रण गर्छ भन्ने कुरा पनि माक्र्सवादी साहित्यमा स्थापित मान्यता हो ।
७. साहित्य लेखन वर्गीय हुन्छ । हरेक साहित्य लेखनमा वर्ग पक्षधरता प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा अभिव्यक्त भएको हुन्छ । कुनै साहित्यले उच्च, कुलीन तथा बुर्जुवा वर्गको हित रक्षा गर्छ भने सर्वहारा पक्षीय साहित्यले निम्न तथा उत्पीडित वर्गको हित तथा सेवा गर्छ । वर्गसङ्घर्षको यो महान प्रक्रियामा साहित्यको अत्यन्त महत्त्त्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा पनि माक्र्सवादी साहित्यको मान्यता हो ।
८. द्वन्द्ववाद मूल रूपमा संरचनावादी चिन्तन हो । जहिले पनि दुई विपरीत तत्त्वहरूको बिचमा द्वन्द्वात्मक सम्बन्ध बनिरहेको हुन्छ र त्यसर्थ उत्तर संरचनावादी तथा उत्तर आधुनिकतावादी चिन्तनहरूले समाजलाई खण्डित, विकृत र विशृङ्खलित बनाउँछन् भन्नेकुरा पनि माक्र्सवादी साहित्यको स्थापित मान्यता हो ।
९. कुनै पनि वस्तु वा सिर्जनाको रूप पक्ष प्रधान होइन र माक्र्सवादले रूपमा भन्दा सारमा जोड दिन्छ । तर रूपलाई पनि उपेक्षा गर्दैन । सारमा जोड दिँदादिँदै पनि रूप र सारको सन्तुलित संरचनामा ध्यान दिनुपर्छ भन्नु पनि माक्र्सवादी साहित्यको मान्यता हो । शैलीप्रधान कि विषयप्रधान भन्ने बहसको समाधान पनि माक्र्सवादी साहित्यमा यसै मान्यताबाट अन्त्य भएको छ ।
१०. साहित्य राज्यको उपरी संरचनाको अन्तर्गत पर्छ । साहित्यले आधारभूत संरचनालाई निर्देश गर्छ । तर साहित्यले आधारभूत संरचना (जुन मानिसको आर्थिक, सामाजिक अवस्थाको वास्तविकता हो र आधारभूत चेतना हो) लाई समृद्ध गर्ने खालको हुनुपर्छ । त्यही आधारभूत संरचनाको मूल विषयवस्तु समेटेर साहित्यको निर्माण हुनुपर्छ भन्ने कुरा पनि माक्र्सवादी साहित्यको मान्यता हो ।
११. मात्रा गुणमा परिवर्तन हुन्छ (हेगेल) । दुध दहीमा र दही घिउमा परिवर्तन भए जस्तै समाजको विकास, चेतना, सिर्जना र उत्पादनमा पनि द्वन्द्वात्मक प्रक्रियाद्वारा मात्राबाट गुणमा परिवर्तन हुन्छ भन्नु पनि माक्र्सवादी साहित्यको स्थापित मान्यता हो ।
१२. माक्र्सवादी साहित्यले विसंङ्तिवादी, प्रयोगवादी, स्वछन्दतावादी तथा उत्तरआधुनिकतावादी चिन्तन पद्धतिहरूलाई अस्वीकार गर्छ र उपेक्षित, उत्पीडित र प्रताडित जनताको पक्षमा वकालत गर्छ । दार्शनिकहरूले संसारको व्याख्या गरेका छन्, मुख्य कुरा यसलाई बदल्नु हो (माक्र्स) भन्ने मूल भावनालाई यसले आत्मसात् गर्छ र मुख्य कुरो, “न विगत राम्रो थियो, न वर्तमान सन्तोषजनक छ र न भविष्य आशलाग्दो छ” भन्ने विसङ्गतिवादी (शून्यवादी) चिन्तनका विरुद्ध माक्र्सवादले “विगत सन्तोषजनक थिएन होला, वर्तमान सङ्घर्षपुर्ण छ तर भविष्य सुन्दर र आशावादीपूर्ण हुनेछ” भन्ने पक्षमा जोड दिदै आफ्नो सिर्जना केन्द्रित गर्छ । त्यसैले माक्र्सवादी साहित्य एउटा उत्कृष्ट साहित्य हो । यसले आशावादी र सङ्घर्षपूर्ण जीवनलाई सुन्दर, स्वतन्त्र, उदात्त र जीवन्त बनाइराख्न मद्दत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा ६ लाख बढीको अवैध सामान बरामद
-
महत्त्वपूर्ण ८ पद हत्याउने दबाबमा एमाले, कांग्रेस र माओवादी
-
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
-
गायिका लक्ष्मीले नचाइन् भारतको जोलजीबी मेलामा दर्शक
-
स्थानीय तह उपनिर्वाचन : प्रचारप्रसार गर्ने आज अन्तिम दिन
-
रामराजा क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ