शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘गंगनम स्टाइल’को पाँच वर्षको युट्युब रेकर्ड तोडियो, कसरी ?

बिहीबार, २९ असार २०७४, १० : २६
बिहीबार, २९ असार २०७४

गंगनम स्टाइलको जादू अब फिक्का भएको छ । पछिल्लो पाँच वर्षदेखि युट्युबमा शीर्ष स्थानमा रहेको यो गीतको रेकर्ड तोडेर एउटा नयाँ गीत युट्युब किंग बनेको छ ।

दक्षिण केरियाली गायक साईको गंगनम स्टाइलको रेकर्ड विज खलिफा र चार्ली पथको गीत ‘सी यू अगेन’ ले तोडेको छ ।

युट्युबमा यो गीतलाई अहिलेसम्म २ अर्ब ९० करोडले हेरिसकेका छन् । जबकी साईको गीत गंगनम स्टाइलले अहिलेसम्म दुई अर्ब ८९ करोड ‘भ्यू’ पाएको छ ।

‘सी यू अगेन’ ले दुई वर्यामा यो रेकर्ड बनाएको हो । विज खलिफाले यो गीतलाई अप्रिल ६ तारिख सन् २०१५ मा युट्युबमा अपलोड गरेका थिए । जबकी साइले गीत १५ जुलाई सन् २०१२ मा अपलोड गरेका थिए ।

गंगनम स्टाइल पहिलो यस्तो गीत थियो जसलाई अरबौं मानिसले हेरेका थिए ।

उक्त गीत यति भाइरल भयो कि यसले युट्युबको ‘भिवर्स चार्ट’ लाई ब्रेक गरेको थियो । यूट्युबले बाध्य भएर नम्बरलाई रिकोड गर्नुपरेको थियो ।

सी यू अगेनले रेकर्ड तोडेपछि गायक चार्ली पथले ट्वीटरमा लेखे, ‘मैले सन् २००७ मा युट्युब ज्वाइन गरेको थिएँ । १० हजार भ्यूको लागि भिडियो बनाउँछु भन्ने सोचेको थिएँ । सी यू अगेनबारे सुने... निकै राम्रो लाग्यो... ।’

उक्त गीतलाई एक्सन फिल्म फास्ट एण्ड फ्यूरियस–७ का लागि लेखिएको थियो ।

फिल्मको अन्त्यमा यसलाई पल वाकरको यादमा बजाइएको थियो जसको मृत्यु कार दुर्घटनामा फिल्म पूरा हुनुपूर्व भएको थियो ।

शोक सभामा हिटः

गीतको भावुक बोलका कारण बेलायतको शोक सभामा उक्त गीत सबैभन्दा लोकप्रिय मानिन्छ । युट्युबमा रिलिज भएको ६ महिनाभित्र नै उक्त गीतलाई एक अर्ब मानिसले हेरेका थिए ।

पछिल्लो सेप्टेम्बरमा भूवर्सको संख्या बढेर दोब्बर अर्थात् दुई अर्ब भएको थियो । अब यसले यूट्युब किंगको ट्याग हाँसिल गरेको छ ।

मिडिया अनुसन्धानका अनुसार उक्त गीतबाट करिब एक अर्ब ८७ करोड १८ लाख भारु कमाई गरिसकेका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप