सामसङ्गको नयाँ एयर प्युरिफायर बजारमा
काठमाडौं–सामसङले एएक्स३००० एयर प्युरिफायर नेपाली बजारमा ल्याएको छ । सामसङको एयर प्युरिफायरले शीघ्ररुपमा कोठाको हावालाई स्वच्छ बनाउने जनाइएको छ ।
यसमा भएको पिएम २.५ फिल्टरले हावामा भएका हानिकारक कीटाणू एवं पदार्थहरुलाई सहजै हटाई कोठामा स्वच्छ वातावरण सिर्जना गराउने कम्पनीले दाबी गरेको छ ।
३२७ मिटर क्युव प्रतिघण्टाको दरमा ३९ स्क्वायर मिटरको कोठामा हावा स्वच्छ पार्न सक्ने क्षमता यसमा रहेको बताउँदै कम्पनीले यसमाभएको ट्रिपल प्रिमियम फिल्टरले ९९ प्रतिशसम्म प्रदुषण रहित पार्न पनि जनाएको छ । यसमा आउट अद्वितीयफिल्टरहरु जस्तैः प्रि फिल्टर, डियोडराइजेशन फिल्टर र फिएम २.५ फिल्टर रहको छ ।
विभिन्न कलरको साथ यसमा डिजिटल डिस्प्ले रहेको छ । यसमा भएको डिस्प्लेले प्रदुषण घटेको जानकारी तुरुन्तै प्रदान गर्छ यसको सेन्सरले पि.एम २.५ को तहलाई न्यूमेरिक म्येजरमेन्टको माध्यमले प्रस्तुत गर्दछ ।
यसको मूल्य रु. २२ हजार ४९० तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोयेस दोस्रोपटक एभर्टनको म्यानेजर
-
खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज
-
नख्खुडोल पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण
-
यती, ओम्नी र गिरिबन्धु प्रकरण छानबिन गर्न संसदीय समिति गठन हुनुपर्छ : वर्षमान पुन
-
प्रभु साहले भने, ‘ओली सरकारकै मिलेमतोमा भ्रष्टाचार बढ्यो’
-
वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख : लिङ्देन