पसलमा खाएको भाँडा नमाझेको भन्दै दलितलाई निर्घात कुट्ने प्रहरी खोरमा
गुल्मी । गत आईतवार पसलमा खाना खाएको भाँडा नमाझेको भन्दै गुल्मी मुसिकोटका एक दलितलाई निर्घात कुटपिट गर्ने आरोपीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । आईतवार दिउँसो करिव साढे ११ वजेको समयमा मुसिकोट नगरपालिका वडा नम्वर–४ हलोगाडेस्थित शोभा कार्कीको पसलमा खानपिन गरेका भाँडाहरु नमाझेको भन्दै कार्कीले स्थानिय ४२ वर्षिय कर्णबहादुर सार्कीलाई हल्का हातपात गरेर पठाएकी थिइन् । तर पछि उनका छोरा कृष्ण कार्की खोज्दै गएर अर्काको घरमा सुतेका सार्कीलाई लाठीले निर्घात कुटेको पिडितले बताए ।
कुटपिटका कारण सार्की बेहोस भएपछि दलित समुदाय आक्रोषित भएका थिए । पीडक पक्षले पिडित सार्कीमाथि पसल भित्र पिशाव फेरेको र जथाभावी बोलेको आरोप लगाउँदै सामन्य कुटेका जिकिर गरेका थिए । कार्कीले आफूले धकेल्दा सार्की आफै लडेर घाइते भएको भनेर सञ्चार माध्यमलाई प्रतिकृया दिएका थिए । अहिले प्रहरी हिरासतमा रहेका कार्की विरुद्ध छुवाछुत विभेद् र कुटपिटको मुद्दा दायर गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले जानकारी दिए ।
पिडित सार्की जिल्ला अस्पतालबाट डिस्चार्ज भए पनि हिँडडुल गर्न सकेका छैनन् । औषधी उपचार खर्च र श्रीमातिसहित खानपिनको खर्च अभाव भएपछि उनलाई मुद्दा दर्ता लगायतको कामको अवधिसम्म तम्घासमा बस्न समस्या भएको छ । तम्घासमा विभिन्न व्यवसाय गरेर वसेका उनका छिमेकी र दलित अधिकारकर्मीहरुले सयोग गर्ने दलित अधिकारकर्मी धर्म बिश्वकर्माले बताए ।
दैनिक भारी वोक्ने लगायतको मजदुरी गरेर जिविका चलाउँदै आएका सार्की त्यस दिन पसलमा रक्सी पिएर भाँडा माझ्न जाने क्रममा चिप्लोमा लडेर पानीको भाँडो पोखिए पछि लडेका थिए । तर, उनलाई पिसाफ फेरको आरोप लगाउँदै निर्घात कुटपिट गरिएको थियो।
खाएको भाँडा माझ्ने क्रममा अन्य भाँडा पनि छोईस् भन्दै पसलकी साहुनी शोभा कार्कीबाट कुटाई खाएको उनले बताए । थप पिटाई खाने डरले स्थानिय ओमबहादुर सिंहको घरमा श्रीमतिले सुरिक्षत गरिरेको बेला उनका छोरा कृष्ण आएएर थप कुटपिट गरेको प्रत्यक्षदर्शी घर मालिक ८१ वर्षिय ओमबहादुर सिंहले बताए । ‘नपिट भनेर सम्झाउँदा पनि कृष्णले मानेन । कहिले लौरै लौराले हान्ने, कहिले लात्ती र मुड्कीले हान्ने काम गरिरह्यो,’ सिंहले भने ।
उनि तत्काल वेहोस भएर नढलेको भए थप पिटाई खाने र उनको ज्यानै जाने प्रत्यक्षदर्शी बताउँछन् । त्यसरी मराणाशन्य अवस्थामा रहेका सार्कीलाई रातको समयमा स्टेचरमा राखेर उपचार गर्न लैजान खोज्दा कृष्ण कार्की पक्षका दर्जनौं युवाहरु आएर रोक लगाएका थिए ।
दलित अधिकारकर्मी धर्म बिश्वकर्मा, झविन्द्र बिक, कमला बराल लगायतले उनीहरुको त्यस्तो प्रस्तावलाई अस्वीकार गरेर मुद्दा दायर गराएका हुन् ।
जातिय भेदभाव तथा छुवाछुत कसुर सजाय २०६८ को दफा–७ , महल– १ क वमोजिम ३ महिना देखि ३ वर्ष सम्म कैद सजायको व्यवस्था रहेको छ। त्यस्तै १ हजार देखि २५ हजार सम्म जरीवाना वा दुवै सजाएँ पनि हुन सक्ने व्यवस्था छ । सोही महलको जातिय विभेद गर्न उक्साउने वा प्ररित गर्ने व्यक्तिलाई समेत त्यसको आधा सजाएँ हुने उल्लेख छ । क्षतिपुर्ति सम्वन्धि दफा– क मा भने कसुर ठहरिए अदालतले २५ हजार देखि १ लाख सम्म कसुरदारबाट पिडित पक्षलाई क्षतिपुर्ति दिलाई दिन सक्ने छ । यि मध्ये कार्कीको कसुर ठहरिएमा अदालतले कस्तो सजाएँको फैसाला गर्ने हो, त्यो भने हेर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
३२ दिनपछि खुल्यो कर्णाली स्वास्थ्य प्रतिष्ठानमा लागेको ताला
-
१२ बजे, १२ समाचार : रवि सुतिरहेको तस्विर भाइरल गर्नेलाई प्रहरीले कारबाही गर्नेदेखि सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेशसम्म
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने