दलितले पसलमा खाएको भाँडा नमाझेपछि ...

गुल्मी– गत आइतबार पसलमा खाना खाएको भाँडा नमाझेको भन्दै गुल्मी मुसिकोटका एक दलितलाई निर्घात कुटपिट गर्ने आरोपीलाई बुधबार प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ । आइतवार दिउँसो करिव साढे ११ वजेको समयमा मुसिकोट नगरपालिका वडा नम्वर–४ हलोगाडेस्थित शोभा कार्कीको पसलमा खानपिन गरेका भाँडाहरु नमाझेको भन्दै कार्कीले स्थानिय ४२ वर्षीय कर्णबहादुर सार्कीलाई हल्का हातपात गरेर पठाएकी थिइन । तरपछि उनका छोरा कृष्ण कार्की खोज्दै गएर अर्काको घरमा सुतेका सार्कीलाई लाठीले निर्घात कुटेको पिडितले बताए ।
सार्की कुर्घात कुटेर बेहोस भएपछि दलित समुदाय आक्रोषित भएका थिए । त्यस अवस्थामा पिडक पक्षले पिडित सार्की पसल भित्र पिसाव फेरेको र जथाभावी बोलेर सामन्य कुटेका जिकिर गरेका थिए । कुटपिट गरेको प्रत्यक्ष देख्न र बढि नकुट भनेर सम्झाउने त्यसै घरका व्यक्ति ओमबहादुर सिंह हुँदाहुँदै कृष्ण कार्कीले आफुले धकेलेको मात्रै हो , उ आफै लडेर घाइते भएको हो भनेर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिए । अहिले प्रहरी हिरासतमा रहेका कार्कीविरुद्ध छुवाछुत विभेद् र कुटपिटको मुद्धा दायर गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले जानकारी दिए ।
पीडित सार्की जिल्ला अस्पतालबाट डिस्चार्ज भए पनि हिडडुल गर्न सकेका छैनन् । औषधि उपचार खर्च र श्रीमतीसहित खानपिनको खर्च अभाव भएपछि उनलाई मुद्धा दर्ता लगायतको कामको अवधीसम्म तम्घासमा बस्न समस्या भएको छ । तर पनि तम्घासमा विभिन्न व्यवसाय गरेर वसेका उनका छिमेकी र दलित अधिकारकर्मीहरुले सयोग गर्ने दलित अधिकारकर्मी धर्म बिश्वकर्माले बताए ।
दैनिक भारी वोक्ने लगायतको मजदुरी गरेर जिविका चलाउँदै आएका सार्की त्यस दिन घरमा आराम गरेर थकाई मेट्ने घर सल्लाह अनुसार कार्कीको पसलमा चामल किन्न गएका थिए र घरमा मासुको व्यवस्था समेत गरेर वसेका थिए । तर भाँडा माझ्न जाने क्रममा चिप्लोमा लडेर पानीको भाँडो पोखिएपछि पिसाव गरेको आरोप सहँदै उनले निर्घात कुटपिट सहनु पर्यो ।
मैले खाएका भाँडा माझ्ने क्रममा अन्य भाँडा पनि छोईस भन्दै सुरुमा साहुनी शोभा कार्कीबाट कुटाई खाएको उनले बताए । थप पिटाई खाने डरले स्थानीय ओमबहादुर सिंहको घरमा श्रीमतीले सुरिक्षत गरिरेकाबेला उनका छोरा कृष्ण गएर कुटपिट गरेको प्रत्यक्षदशीै घर मालिक ८१ वर्षीय ओमबहादुर सिंहले बताए ।
घटनालाई सामन्य ठान्ने , उल्टै दलितहरु आफै सुध्रिुनु पर्छ भन्ने वडाध्यक्ष ओमबहादुर केसीले औषधी उपचार खर्च व्यहोर्ने र सामान्य माफी मगाएर मिलाउने पहल गरे पनि दलित अधिकारकर्मी धर्म बिश्वकर्मा , झविन्द्र बिक, कमला बराल लगायतले उनीहरुको त्यस्तो प्रस्तावलाई अस्वीकार गरेर मुद्धा दायर गराएका थिए ।
जातीय भेदभाव तथा छुवाछुत कसुर सजाएँ २०६८ को दफा–७ , महल– १ क वमोजिम ३ महिना देपख ३ वर्ष सम्म कैद सजाएँ । वा १ हजार देखि २५ हजार सम्म जरीवाना वा दुवै सजाएँ पनि हुन सक्ने व्यवस्था छ । त्यस्ते सोही महलको जातिय विभेद गर्न उक्साउने वा प्ररित गर्ने व्यक्तिलाई समेत त्यसको आधा सजाएँ हुने उल्लेख छ । क्षतिपुर्ति सम्वन्धि दफा– क मा भने कसुर ठहरिए अदालतले २५ हजार देखि १ लाख सम्म कसुरदारबाट पिडित पक्षलाई क्षतिपुर्ति दिलाई दिन सक्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
३२ दिनपछि खुल्यो कर्णाली स्वास्थ्य प्रतिष्ठानमा लागेको ताला
-
१२ बजे, १२ समाचार : रवि सुतिरहेको तस्विर भाइरल गर्नेलाई प्रहरीले कारबाही गर्नेदेखि सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेशसम्म
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने