अवैध रुपमा निकासी भएको गिट्टी–बालुवा बोकेका ट्रिपर प्रहरीको नियन्त्रणमा
काठमाडौं– दोलखा–सिंगटी सडकका लागि मात्रै तामाकोशीको बालुवा र गिट्टी उत्खनन गर्ने अनुमति दिएपनि अन्य प्रयोजनका लागि नदीजन्य पदार्थ उत्खनन गरेको भेटिएपछि जिल्ला प्रहरी कार्यालय दोलखाले त्यस्तो अवैध बालुवा–गिट्टी बोकेका झण्डै एक दर्जन ट्रिपरलाई नियन्त्रणमा लिएको छ ।
‘भ्याट र प्यान बिल समेत फेला नपरेपछि कालिञ्चोक गाउँपालिका–८ बाट बालुवा गिट्टी उत्खनन गरेर चरिकोटतर्फ आउँदै गरेका ११ ट्रिपरलाई नियन्त्रणमा लिएका छौं’ जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख (डिएसपी) बासु पाठकले भने, ‘आवश्यक कारवाहिका लागि जिल्ला समन्वय समितिमा पठाउँछौं ।’
एडिबीको सहयोगमा निर्माण हुँदै गरेको करिब ३५ किलोमिटर दोलखा–सिंगटी सडक खण्डका लागि मात्रै जिल्ला समन्वय समितीको निर्णयअनुसार कालिञ्चोक गाउँपालिकाले असार मसान्तसम्म मात्रै गिट्टी–बालुवा निकाल्ने अनुमति दिएको थियो ।
यसअघि दोलखा जिल्लाभरी गिट्टी बालुवा रोकिएपछि दोलखा–सिंगटी सडकखण्डको निर्माणकार्य जिम्मा पाएको स्वच्छन्द निर्माण सेवाले आयोजना प्रयोजनका लागि मात्रै बालुवा–गिट्टी निकाल्ने अनुमति मागेको थियो । स्वच्छन्द निर्माण सेवाको माग बमोजिम सडक विभागको आग्रहमा कालिञ्चोक गाउँपालिका–७ नागदहमा रहेको तामाकोशी किनारबाट दिब्य एग्रिगेट प्रा.लि ले नदिजन्य उत्खन्न गर्ने अनुमती पाएको थियो ।
सडक आयोजना प्रयोजनका लागी मात्रै बालुवा–गिट्टी निकाल्ने अनुमती पाएपनि त्यहाँबाट उत्खनन गरिएका बालुवा–गिट्टी अन्य प्रयोजनका लागी महंगोमा विक्री गरेको सूचना आएपनि त्यस्तो अवैध सामाग्री दोलखा प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।
जिल्ला समन्वय समितिको वैशाख २७ गतेको निर्णय अनुसार कालिञ्चोक गाउँपालिकाले जेठ १ गते दिश्य एग्रिगेट प्रा.लि लाई गाउँपालिकालाई राजस्व दस्तुर तिरेर उत्खनन अधिकार दिएको थियो ।
तर, गाउँपालिकाको अनुमती विपरित बालुवा र गिट्टी ब्यवसायीहरुले स्थानिय निकायलाई कर समेत नतिरीकन लुकिछीपि नदिजन्य पदार्थ उत्खनन गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख पाठकले बताए । ‘वालुवा– गिट्टी ब्यवसायीहरुले सुटुक्क उत्खनन गरेर महंगोमा चरिकोट तिर बेच्ने गरेको पाईएको छ’ उनले भने, ‘नियन्त्रणमा लिएका ट्रिपरहरुले भ्याट र प्यान बिल देखाउन सकेका छैनन्, अवैध विलहरु हामीले बरामद गरेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभावकारीरुपमा परिणाममूलक काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन
-
विद्युत् महसुल नतिर्ने उद्योगको सेयर रोक्का गर्न विद्युत् प्राधिकरणको पत्राचार
-
प्रधानमन्त्री ओलीको चीन भ्रमण : बीआरआईका कारण अरु एजेण्डा ओझेलमा
-
मन्त्रालयको विषयगत लक्ष्य हासिल गर्नेगरी अघि बढ्न प्रधानमन्त्रीको निर्देशन
-
इमरान खानका समर्थकले अस्थायी रूपमा फिर्ता लिए प्रदर्शनका कार्यक्रम
-
भारतलक्षित ज्ञवालीको टिप्पणी : द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन