बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मिसेस नेपाल अस्ट्रेलिया' हुने

बुधबार, १७ वैशाख २०८२, १९ : ४६
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । हिमाली कल्चर ग्रुप मेलबर्न अस्ट्रेलियाको आयोजना र इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा 'मिसेज नेपाल अस्ट्रेलिया २०२५' हुने भएको छ ।

आयोजकले प्रतियोगिता घोषणासँगै आवेदनसमेत खुला गरेको छ । 

हिमाली कल्चर ग्रुप मेलबर्नले पहिलोपटक गर्न लागेको हो । जहाँ महिलाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र वाक् कलालगायत कार्यक्रम हुने जनाइएको छ । 

नेपालको पर्यटन क्षेत्रमा सहयोग गर्ने हेतुले कार्यक्रम विस्तार गर्न लागिएको आयोजकले भनाइ छ ।  १० वर्षदेखि अस्ट्रेलियामा रहेर नेपाल र नेपाली समाजका लागि विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको हिमाली कल्चर ग्रुपले यस वर्षदेखि निरन्तर रूपमा यस्तो इभेन्ट्स गर्ने बताएको छ । 

कार्यक्रममा ३० जना प्रतियोगी समावेश गराइने र छनोट भएकालाई प्रशिक्षणका क्रममा  शारीरिक फिटनेस, जुम्बा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन, टेबल म्यानर र व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण दिइने आयोजकले जानकारी दिएको छ ।

स्टेज पर्फमेन्स क्याटवाकलगायत विधामा कोरियोग्राफर रोजीन शाक्यले प्रशिक्षण दिने पनि जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप