बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय
शिक्षक - सरकारबिचको वार्ता जारी

संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष र शिक्षा समिति सभापतिबीच चर्काचर्की

बुधबार, १७ वैशाख २०८२, १९ : २०
बुधबार, १७ वैशाख २०८२

काठमाडाैँ । सिंहदरबारमा शिक्षक र सरकारबिचको वार्ता जारी छ । दिउँसो ३ बजेदेखि सुरू भएको बैठक अझै सकिएको छैन ।बैठकमा नेपाल शिक्षक महासंघले अघि सारेका ९ बुदे प्रस्तावमा सहमति खोज्ने प्रयास भइरहेको छ । अधिकांश विषयमा सहमति जुटेको छ ।

तर, विद्यालय शिक्षा ऐनमा जारी हुने यकिन समय तोकिनुपर्ने माग शिक्षकहरूको छ । त्यहि विषयमा सहमति जुट्न बाँकी छ ।शिक्षा समितिमा छलफल भईरहेका बेला संसद्का शिक्षा समिति सभापति र नीजि विद्यालय शिक्षक युनियनका अध्यक्ष होम कुमार थापाबिच चर्काचर्की भएको छ । 

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) अध्यक्ष थापाले नीजि विद्यालयका शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्धताको सुनिश्चितता गर्नुपर्ने बताएका थिए । 

ऐनमा नै नीजि विद्यालयका शिक्षकहरूको सामाजिक सुरक्षा कोषमा आबद्धता सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो । त्यही बेला शिक्षा समिति सभापति अम्मर बहादुर थापाले प्रतिबाद गरे। उनले आफुले ऐनमा राख्नुपर्ने विषयमा काम गरिरहेको बताएका थिए ।

उनले गुठीका जान नमानेको भन्दै थापाको भनाइमा प्रतिवाद गरेका थिए । अध्यक्ष थापाले नेपाल शिक्षक महासंघले आफ्ना मागहरू सम्बोधन गर्न नखोजेको भन्दै महासंघप्रति समेत आक्रोश व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप