बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

आरआर क्याम्पसमा 'सहमतिमा' स्ववियु गठन

बुधबार, १७ वैशाख २०८२, १९ : ०१
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा  सहमतिको आधारमा स्ववियु गठनको दाबी गरिएको छ ।

लोकेशकुमार खड्काको अध्यक्षतामा स्ववियु गठन गरिएको हो ।  गत चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन हुन नसकेपछि बुधबार केही विद्यार्थी संगठनबीचको छलफलपछि स्ववियु घोषणा गरिएको हो ।

यसैबीच यो विषयमा नेविसंघले भने आपत्ति जनाएको छ । नेविसंघ आरआरबाट स्ववियु अध्यक्षका उम्मेदवार बनेका विनोदराज जोशीले आपत्ति जनाएका हुन् । उनले अदालतले स्ववियु निर्वाचन गर्नु भनेर दिएको आदेशको उल्लङ्घन गर्दै सहमतिको नाममा एकलौटी ढङ्गबाट स्ववियु घोषणा गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप