बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

रेशम पक्राउपछि महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले भन्यो - सर्वसत्तावादी हैकमवादको खुलेर विरोध गरौँ

बुधबार, १७ वैशाख २०८२, १८ : ४९
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीलाई प्रहरीले पक्राउ गरेपछि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले आपत्ति जनाएकाे छ।

पार्टी अध्यक्ष राजेन्द्र महतोले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै एकल नश्लीय शासकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई विभिन्न दाउपेच र सुनियोजित षड्यन्त्रमा गिरफ्तार गरिएको घटनाप्रति घोर आपत्ति जनाउँदै भर्त्सना गरेको हो ।  

अध्यक्ष महतोद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘अधिकार, पहिचानका लागि संघर्षरत न्याय प्रेमी जनतालाई यो एकल नश्लीय शासकले विभिन्न जालझेल गरि जसरी पनि फसाउने कुत्सित षड्यन्त्र निरन्तर हुँदै आइरहेको छ । आज पनि एकता गर्दै संयुक्त संघर्ष गर्ने प्रयोजनका लागि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीवीच भइरहेको एकता मिलन, घोषणा कार्यक्रमलाई विथोल्न कार्यक्रम स्थलबाटै संघीय लोकतान्त्रिक मोर्चाको एउटा घटक नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई विभिन्न दाउपेच र सुन्योजित षड्यन्त्र तहत गिरफ्तार गरिएको घटनाप्रति पार्टीले घोर आपत्ति जनाउदै भर्त्सना गर्दछ।’

‘चौधरी लगायत दर्जनौं शोषित, उत्पीडित तथा भेदभावबाट ग्रसित थारुहरु माथि राज्यद्वारा षड्यन्त्रपूर्ण तरिकाले विभिन्न नियम कानुन अड्डा, अदालत देखाई पटकपटक प्रताडित गर्ने कार्य जारी रहेको छ,विज्ञप्तिमा अगाडि भनिएको छ,‘पहिचान तथा सभ्यता र संस्कृतिको रक्षार्थ तथा देशमा सुशासन र समृद्धि ल्याउने आम नेपाली जनताको उत्कृष्ट अभिलाषा पुरा गराउन हिमाल, पहाड, तराई र मधेशका न्याय प्रेमी जनता एवं सम्पूर्ण उत्पीडित समुदाय गोल बन्द भइ संयुक्त संघर्षको आवश्यकतालाई आत्मबोध गर्दै हामी सबैले यो एकल नश्लीय शासनलाई विस्थापित गर्दै बहुलराष्ट्रिय राज्य नेपालको स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिमार्फत नेपाली जनताले भोगिरहेका निरासा, असन्तुष्टि, पिडा, अन्याय, अत्याचार, लुटतन्त्र, विभेद, कुशासन, गरिबी, बेरोजगारी, मंहगी, हत्या, हिंसा, निरंकुशतन्त्र, एकल नश्लीय सर्वसत्तावादी हैकमवाद, सभ्यता, सांस्कृतिक तथा अधिकार, पहिचानमाथि भइरहेको आक्रमणको खुलेर निर्भयताका साथ विरोध र प्रतिकारमा उत्रिनुको विकल्प नरहेको राष्ट्रिय मुक्ति पार्टी नेपालको ठहर रहेको छ ।’ 

टिकापुर थारु जनविद्रोहको सत्यतथ्य छानविनको लागि गठन भएको लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरी घटनाको सत्यतथ्य लुकाउने काम भएको समेत जारी विज्ञप्तिमा उल्लेख छ । 

सरकारद्वारा मधेशथरुहट, आदिवासी जनजाति लगायतका आन्दोलनकारीहरुमाथि विभिन्न जालझेल गरी झुट्टा मुद्दा लगाई दर्जनौं आन्दोलनकारीहरुलाई आजीवन कारावास समेतमा राखिएको भन्दै रिहाइ तथा झुट्टा मुद्दा फिर्ताका लागि सरकारसँगको सबै प्रकारको सम्बन्ध विच्छेद गरी सडक संघर्षमा उत्रिनुको विकल्प नरहेको समेत विज्ञपीतमा उल्लेख छ ।  

नागरिक उन्मुक्ति र जनमतबीचको पार्टी एकता घोषणा गर्न राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रम स्थल पुग्नेबित्तिकै चौधरी पक्राउ परेका थिए । तर, उनी पक्राउपछि सर्वोच्चको कर्मचारीले फेक पत्र कारागार कार्यालय डिल्लीबजारलाई पठाएको पुष्टि भएपछि करिब ५ घण्टापछि चौधरी रिहा भइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप