बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय
राज्यमन्त्रीमा नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा गर्बुजा नियुक्त

बुधबार, १७ वैशाख २०८२, १८ : ३०
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न् । 

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनी म्यादीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद् हुन् । 

 यही वैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिका उर्जा,जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङलाई सरकारले गरेका निर्णयविरुद्ध सार्वजनिक विरोध गरेको भन्दै बर्खास्त गरेका थिए । 

ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि असन्तुष्टि जनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप