बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

बुधबार, १७ वैशाख २०८२, १८ : १५
बुधबार, १७ वैशाख २०८२

स्याङ्जा । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बोलेरभन्दा पनि कामले नतिजा देखिनुपर्ने बताएका छन् । 

केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिले यहाँ आयोजना गरेको श्रीमद्भागवत सप्ताह तण्डुलाचल शृङ्गारिक आरती महायज्ञ धार्मिक अनुष्ठानको बुधबार उद्घाटन गर्दै उनले काम नतिजामुखी हुनुपर्नेमा जोड दिए ।


“जनताले विश्वास काम गरेपछि मात्रै गर्ने हुन्”, उनले भने,“अब बोलेर होइन कामबाट उपलब्धि देखिनुपर्‍यो तबमात्र जनताले विश्वास गर्छन् ।” पूर्वाधार निर्माणका क्रममा तीनै तहका सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुमा समन्वय र सहकार्य गरेर अगाडि बढ्न सुझाव दिए ।

उनले सरकार बजेट बनाउने समयमा रहेकाले आगामी बजेटमा यहाँको विकास निर्माणका लागि आवश्यकता र प्राथमिकताका आधारमा सम्बोधन गर्ने बताए ।

धार्मिक एवं ऐतिहासिक स्थलकारुपमा रहेको केदारनाथको पहिचान संरक्षण गर्दै शिवधामका रुपमा स्थापित गर्न महायज्ञ आयोजना गरिएको केदारनाथ मन्दिर महायज्ञ मूल आयोजक समितिका संयोजक दिलीपप्रताप खाँडले बताए ।

केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिको आयोजना र वालिङ नगरपालिकाको सहआयोजनामा आजदेखि सुरु भएको महायज्ञ यही वैशाख २३ गतेसम्म सञ्चालन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप