बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

'सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्छ'

बुधबार, १७ वैशाख २०८२, १८ : १४
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले अहिलेसम्म सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्नेसहित ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा समाजवादीले सुशासन र रोजगारी, समाजवादको तयारी नाराका साथ पार्टी तयार गरेको प्रस्तावलाई ज्ञापनपत्रका रूपमा प्रधानमन्त्री केपी ओलीलाई बुझाएको हो ।

विषय विज्ञहरूबिच प्रतिस्पर्धाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गठन हुने व्यवस्था गर्नेपर्ने, भ्रष्टाचारसम्बन्धी विषय आकर्षित हुने अवस्थामा तीनै तहका सरकारका नीतिगत निर्णयको परिक्षण हुने व्यवस्था हुनुपर्ने समाजवादीको सुझाव छ ।

त्यस्तै संसदमा बहुमत हुने दलको नेता प्रधानमन्त्री हुने तर विधायकहरू मन्त्री हुन नपाउने गरी संवैधानिक व्यवस्था गर्नुपर्ने, सबै आर्थिक कारोबार डिजिटल माध्यमबाट गर्ने व्यवस्था लागु गर्नुपर्ने समेत सो पार्टीको सुझाव छ ।

समाजवादीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख प्रकाश ज्वालाले  मुलुकको आर्थिक, सामाजिक क्षेत्रको सुधारका लागि नीति तथा कार्यक्रममा समेट्नुपर्नेलगायत विषय समेत समावेश गरेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको जानकारी दिए । पार्टी अलग भइसकेपछि पहिलो पटक सौहार्द ढंगले छलफल भएको उनले बताए । 

उनले ज्ञापन पत्रमा रहेका विषयहरूलाई नीति तथा कार्यक्रममा समावेश गर्न पहल गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरेका पनि उल्लेख गरे । ज्वालाले प्रतिगामी शक्तिहरूको चलखेलविरुद्ध पनि सँगै बढ्ने विषयमा पनि छलफल भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप