बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय
रेशम चौधरी पक्राउ प्रकरण

रेशम चौधरीको पक्राउलाई ठुलो षड्यन्त्रको रुपमा लिएका छौँ : सीके राउत

बुधबार, १७ वैशाख २०८२, १७ : ४६
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले रेशम चौधरीको पक्राउलाई समान्य घटनाको रुपमा नलिएको बताएका छन् ।  चौधरी रिहा भएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै राउतले पार्टी एकता घोषणासभा स्थलबाटै नागरिक उन्मुक्ति पार्टीका संरक्षकलाई पक्राउ गरिनुले ठुलो षड्यन्त्रको रुपमा आफूले लिएको बताए । 

‘यसलाई ठुलो षड्यन्त्रको रुपमा लिएका छौँ । ठुलो शक्ति बन्न लाग्दा भाँड्नका लागि यो सबै भयो’, उनले भने, ‘यो सामान्य पक्राउ होइन । कर्मचारीलाई मोहरा मात्रै बनाइएको छ । यो धेरै माथिबाट भएको छ ।’

नागरिक उन्मुक्ति र जनमतबीचको पार्टी एकता घोषणा गर्न राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रम स्थल पुग्नेबित्तिकै चौधरी पक्राउ परेका थिए । तर, उनी पक्राउपछि सर्वोच्चको कर्मचारीले फेक पत्र कारागार कार्यालय डिल्लीबजारलाई पठाएको पुष्टि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप