बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

कांग्रेस सभापति देउवालाई भेटे चौथाइवालेले

बुधबार, १७ वैशाख २०८२, १७ : २५
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीको विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा परराष्ट्रमन्त्रीसमेत रहेकी देउवा पत्नी आरजु राणा पनि सहभागी थिइन् ।

भेटपछि कांग्रेस सभापति देउवाले चौथाइवालेसँगको भेट फलदायी भएको उल्लेख गरेका छन् । 

‘हामीले नेपाल–भारत सम्बन्धको विस्तृत पक्षहरूको समीक्षा गर्यौं र हाम्रो पुरानो साझेदारीलाई अझ बलियो बनाउने उपायहरूबारे छलफल गर्‍यौँ,’ देउवाले भेटपछि भेटको तस्बिर राख्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप