बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

नायिका पन्तलाई प्रधानमन्त्री ओलीको ढाडस– स्वतन्त्रताको झन्डा उठाउने थुप्रै छन्

बुधबार, १७ वैशाख २०८२, १७ : १४
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नायिका सुरक्षा पन्तलाई ढाडस दिएका छन् । बुधबार राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई राष्ट्रिय नाचघर जमलमा सम्बोधन गर्दै पन्तलाई ढाडस दिएका हुन् ।

पन्तले केही दिनअघि एक टेलिभिजन कार्यक्रममा पूर्व नवयुवराज हृदयविक्रम शाहलाई कलाकार बन्न सुझाव दिएकी थिइन् । उनको अभिव्यक्तिलाई लिएर राजावादीहरूले व्यापक आलोचना गरेका थिए । राजावादीहरूले पन्तको चलचित्र खेलसमेत बहिष्कार गरेका थिए । सोही विषयलाई लिएर ओलीले तानाशाही शासनव्यवस्था फालेर गणतन्त्र आउँदा समेत अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएकोमा असन्तुष्टि पोखे ।

‘आजका सजिला दिनमा पनि तपाईंलाई सजिलो छैन । कस्तो अप्ठ्यारो दिन आयो । एउटा मन परेको कलाकारलाई मन परेको कुरा गर्न पनि । एउटा हाइण्डसम ब्याइलाई हाइण्डसम छ खेल्न आए राम्रो हुन्छ, कलाकार भए राम्रो हुन्छ भन्दा पनि उद्युम गाली खाइन्छ’, उनले भने ।

ओलीले रैतीबाट माथि उठ्न नजानेका रैतानहरूलाई उठाउन खोज्दा समेत रैती नै बन्न खोजेको अरोप लगाए । ‘राजावादीमाथि खनिँदै ओलीले भने– ‘रैतीबाट आफैँ माथि उठ्न नजाने रैतानहरूलाई हामीले उठान खोज्यौँ । गणतन्त्र आएर उन्मुक्ति पाइसक्यो फेरि हामी रैती नै हौँ भन्छन् । स्वतन्त्र भन्दा पनि रिसाउँछन् । हामी अराएको मान्छौँ रैती नै हुन चाहन्छौँ भन्छन् । यही विचार र संस्कृतिको लडाइँ छ ।’

प्रजातन्त्र सुन्नै नसक्ने, वाक स्वतन्त्रता सुन्नै नसक्ने तानाशाहीको ग्रेड कसरी चम्केकोमा ओलीले आश्चर्य माने । नायिका पन्तलाई ढाडस दिँदै ओलीले कलाकारलाई हेर्ने, सुन्ने, माया गर्ने मान्छे थुप्रै भएको भन्दै राजावादीहरूलाई  घरमै सिरक ओडेर बस्न सुझाव दिए ।

‘कलाकार मन पराउने, स्वतन्त्रताको झन्डा उठाउने थुप्रै छन् । फिल्म बहिष्कार ! वा कस्तो सुन्नै नसकेको ?’, आश्चर्य मान्दै ओलीले भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप