बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय
अपडेट

‘फेक पत्र’ले पक्राउ परेका रेशम चौधरी रिहा

बुधबार, १७ वैशाख २०८२, १७ : १९
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् । कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले चौधरीलाई रिहा गरिएको रातोपाटीलाई बताए । 

सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक पत्र’का आधारमा उनी बुधबार दिउँसो राजधानीको प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए । 

उक्त पत्र फेक भएको सर्वोच्च अदालतले नै विज्ञप्तिमार्फत जानकारी दिइसकेको छ । यस्तै सर्वोच्चले अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्न भनेसँगै उनी साँझ रिहा भएका हुन् । यस्तै फेक पत्र पठाउने महिमान सिंह विष्ट पक्राउ परिसकेका छन् । 

बुधबार नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणा हुने भएपछि रेशम प्रज्ञा भवन पुगेका थिए । तर, उनी एकाएक पक्राउ परेसँगै आजको एकता नै भाँडिएको छ । अब रेशम रिहा भएपछि फेरि छलफल गरेर फेरि एकताको नयाँ मिति घोषणाको अर्को मिति तय गरिने नेताहरुले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?