बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

रेशमलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत पक्राउ

बुधबार, १७ वैशाख २०८२, १६ : १४
बुधबार, १७ वैशाख २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत पक्राउ परेका छन् ।

 शाखा अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा लगिएको सर्वोच्च अदालतका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा रेशम प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि दुई पार्टीबीचको एकता नै भाँडिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप