ट्रम्पको ठट्टा : पोप बन्न चाहन्छु

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठट्टामा पोप बन्ने चाहेको बताएपछि उनका मीमहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
एक अन्तर्वार्तामा, ट्रम्पले अर्को पोपको लागि आफ्नो पहिलो रोजाइ हुने भन्दै ठट्टा गरेका थिए । यसपछि, पोपको पोसाकमा सजिएका ट्रम्पका तस्बिरहरूले भरिएका मीमहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
ल्याटिन अमेरिकी मूलका प्रथम पोप पोप फ्रान्सिसको गत सोमबार ८८ वर्षको उमेरमा निधन भएको थियो। पोपको अन्त्येष्टिमा ट्रम्प पनि
सहभागी भएका थिए। पोप फ्रान्सिसको अन्त्येष्टि पछि, कार्डिनलहरूले मे ७ मा उत्तराधिकारी छनौट गर्ने प्रक्रिया सुरु गर्ने कार्यक्रम छ।
फ्रान्सिसको ठाउँ कसले लेलान भनेर सोध्दा ट्रम्पले शुरुमा आफै पोप बन्न चाहेको बताएका थिए । तर पछि उनले आफ्नो कुनै रोजाइ नभएको तर न्यूयोर्कबाट एक कार्डिनल भएको र उनीसाँच्चै राम्रो भएको बताएका थिए ।
न्यु योर्कका कार्डिनल टिमोथी डोलन फ्रान्सिसको उत्तराधिकारीको लागि अग्रणी दाबेदार होइनन्। अहिलेसम्म अमेरिकाबाट कुनै पोप आएका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला