रेशम चौधरी पक्राउ
रेशमलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाउँदै
बुधबार, १७ वैशाख २०८२, १५ : ५५

काठमाडौँ । रेशम चौधरीलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाउने भएको छ । बुधबार बिहान जारी भएको भनिएको पत्र आधिकारिक नभएको भन्दै सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्ने तयारी गरेको हो ।
रेशम चौधरीलाई थुनामा पठाउन भन्दै पत्र लेख्ने सर्वोच्चका कर्मचारी महिमानसिंह विष्टलाई कारबाही गर्ने तयारी भएको छ । बिस्टकै नामबाट प्रेषित पत्रका आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागारमा चलान गरेको थियो ।
यसअघि सर्वोच्च प्रशासनको बैठकमा विष्टसँग पत्र लेख्नुको आधार सोधिएको थियो । उनले आफ्नै विवेकले पत्र लेखेको बयान दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको समर्थन इरानीलाई महँगो पर्ने अमेरिकाको चेतावनी
-
विद्यालय कर्मचारीद्वारा सरकारसँगको सहमति अस्वीकार
-
युवा र विद्यार्थीले राजनीति किन बुझ्नुपर्छ ?
-
ट्रम्पको अमेरिका ‘स्वार्थी’ छ : पूर्व उपराष्ट्रपति ह्यारिस
-
पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएपछि बबी सिंहले के भनिन् ?
-
‘पेस्तोल डान्स’ भाइरल भएपछि प्रहरीले डा.बबी सिंहलाई बोलायो